बागमती प्रदेशमा कोरोना संक्रमित ८ सय ५८ पुग्यो
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ८ सय ५८ जना पुगेको छ । आइतवार थप ५ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८ सय ५८ जना पुगेको हो ।
आइतवार, प्रदेशको मकवानपुर जिल्लामा दुई जना, ललितपुर दुई जना र काठमाडौंमा एक जना गरी जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, प्रदेशमा कूल संक्रमितमध्ये हालसम्म ४३७ जना निको भई डिस्चार्ज भईसकेको छ भने ९ जनाको दुस्खद् मृत्यु भएको छ ।
त्यस्तै, प्रदेशमा कोरोना भाइरसको आशंकामा २२ हजार ९ सय ५८ जनाको पीसीआर र ३५ हजार ६ सय ३६ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ ।
प्रदेशमा हालसम्म ११ हजार ३०९ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापनमा अहिले १ हजार ५४१ जना बस्दै आएका छन् भने १ हजार ७ सय ११ जना होम क्वारेनटाइनमा बस्दै आएको मन्त्रालयले जनाएको छ ।
यसैगरी १ हजार २ सय ९८ वटा आइसोलेशन बेर्डमा ३ सय ७७ जना बस्दै आएको प्रवक्ता सेढाईले बताए ।