बागमती प्रदेश सभामा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा विधेयक पारित
गुगलपाटी संवाददाताबागमती प्रदेश सभाको आज बसेको बैठकले एक वटा विधेयक पारित गरेको छ । बैठकले प्रदेश भित्रको सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसमतिबाट पारित गरेको हो ।
उक्त विधेयक सोमवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनि बैठकमा पेश गरेका थिए ।
मुख्यमन्त्री पौडेलले उक्त विधेयकको छलफलमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रदेशमा सुशासन ल्याइ जनताहरुलाई शान्ति–सुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई ऐनले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पुरा गर्न उक्त विधेयकले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
उनले सत्तापक्ष र प्रतिपक्षका सदस्यहरुले राखेका सुझाव र जिज्ञासाहरुलाई आफ्नो मन्त्री परिषद्ले आत्मसात गर्ने र प्रदेशमा सुशासनको लागि भ्रष्टाचार नियन्त्रण गर्ने अभियानलाई सरकारले उच्च प्राथमिकता दिईने जानकारी दिए ।
उनले सरकारको नीति कार्यक्रमलाई पारर्दशी र निष्पक्ष ढंगबाट कार्य सम्पादन गर्न चालु आव २०७७र०७६ को लागि सरकारले कार्य सम्पादन करार सम्झौता गरिएको पनि बताए ।