मकवानपुरमा कोरोना संक्रमित ४३ पुग्यो
गुगलपाटी संवाददातामकवानपुरमा पछील्लो समयमा कोरोना भाइरस संक्रमितको सख्या दिनहुँ थपीदै गएको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखिएका छन् ।
समुदाय स्तरमा फैलीएको कोरोना भन्दा पनि विदेशबाट घर फर्किएकाहरुमा कोरोना पोजेटिभ देखिएको हेटौंडाको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले वताउनुभयो । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४३ पुगेको छ । सोमबार जिल्लामा ३ संक्रमित थपिए संगै संक्रमितको संख्या ४३ पुगेको हो ।
थप संक्रमित हुनेहरुमा मनहरी गाउँपालिकाका एकजना, बागमती गाउँपालिकाको एकजना तथा बिरगञ्जमा काम गर्ने एकजना रहेको कोरोना आइसोलेसन वार्ड मकवानपुरका प्रमुख भोलाप्रसाद चौँलागाईले दिएको जानकारी दिए । मनहरीका दुबईबाट आएका, बागमतीका बहराईनबाट आएका युवा हुन् ।
कोरोना संक्रमित ४३ जना मध्ये हालसम्म २६ जना निको भएका छन् । हाल कर्रा आइसोलेसन वार्डमा ११ जना तथा काठमाण्डौँ उपत्यका क्षेत्रमा ६ जना संक्रमितहरु आइसोलेन वार्डमा रहेका छन् ।