रोटरीले सरिखेतमा बनाइदियो बिद्यालय भवन र छात्रावास,मुख्यमंत्रीले गरे उद्घाटन
गुगलपाटी संवाददाता हेटौंडा,१० जेठमकवानपुरको राक्सिराङ गाउँपालिका ५ सरीखेतमा रोटरी क्लब हेटौंडाको सहयोगमा निर्माण भएको चारकोठे बिद्यालय भवन र चारकोठे छात्राहरुका लागि निर्माण गरेको छात्राबासको बिहिवार उद्घाटन
गरिएको छ । सो कायृक्रमको मुख्य मन्त्री डोरमणी पौडेलले उदुघाटन गर्दै पौडेलले शैक्षिक बिकासका लागि अध्यापन गराउने शिक्षकहरु जिम्मेवार बन्नु पर्ने बताएका छन् । बिद्यालयमा अध्यापन गराउँने शिक्षक जिम्मेवार नहुदा सामुदायीक बिद्यालयको शिक्षाको स्तर खस्किएको गुनासो भैरहेको समयमा मुख्य मन्त्री पौंडेलले शिक्षक जिम्मेवार नहुदा शैक्षिक स्तर खस्किएको संकेत गर्दै शिक्षक जिम्मेवार बन्नु पर्ने बताए ।
अहिले बिकासको गति राजनितिक दाउँपेचका कारण कम्जोर बनेको भन्दै जनतालाई बिकास दिनका लागि यो उ नभनि सबै मिलेर लाग्नुपर्ने बताए । बिकासमा राजनिति नधुसाउँन उनले सबैलाई आग्रह गरे । उनले भने ‘बिकास र राजनिती फरक पाटो हुन ।’ यो उ बहानामा बिकासलाई रोक्न खोजे समस्या आउँने बताए । बाटोमा यो उ पार्टिको बहानामा बिकास गर्न नदिने चिन्तन बोकेसम्म समृद्धिको सपना साकार नहुने बताए । उनले भने सबैले सहयोग गर्नुस मुलुकमा परिवर्तन आउने बिश्वास व्यक्त गरे ।
रोटरीको सहयोगमा सरीखेतको सुर्योदय माबिमा चार÷चार कोठाका दुई बटा भवन ६७ लाख ८९ हजार रुपियाँको लागतमा निर्माण भएको हो । भुकम्पका कारण समस्यामा रहेको बिद्यालयका लागि रोटरीले २०७३ मंसिर ५ गते बिद्यालय र छात्रावास भवनको शिलान्यास गरेको थियो । रोटरीले मकवानपुरमा सरीखेतको सुर्योदय सहित पाँच बिद्यालयको पुर्वाधार निमार्णमा काम गरेको छ । क्लबले सरस्वती प्राबि, नबलपुर, भृकुटी प्राबि उत्तरपानी, जनजागति माबि रातोमाटे र वालज्योती माबि पिप्लेमा पुर्वाधार निर्माणको काम गरेको हो ।
ति बिद्यालयमा १ करोड ४८ लाख ६५ हजार ३ सय तिन रुपियाँ खर्च गरेको क्लबका अध्यक्ष उज्जवल शर्मा भण्डारीले जानकारी दिए । रोटरी क्लब अष्ट्रेलीयाको सहयोगमा क्लबले मकवानपुरको बिभिन्न बिद्यालयमा काम गरेको हो । अष्ट्रेलियाबाट काम गर्नका लागि १ करोड ६० लाख १ हजार २ सय ३५ रुपियाँ प्राप्त भएको थियो बाँकि रकम बाट सुर्योदयमा छात्रावासमा बसोवास गर्नेका लागि भान्साको निर्माणमा लगाइएको क्लबले जनाएको छ ।