हेटौंडामा कोरोना परीक्षणको लागि १२ हजारभन्दा बढीको स्वाब प्राप्त

गुगलपाटी संवाददाता
७ श्रावण २०७७ ०५:०१

किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा १२ हजारभन्दा बढीको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको छ । प्रयोगशालामा मंगलवारसम्म १२ हजार १६८ जनाको स्वाब कोरोना परीक्षणको लागि प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रयोगशालामा प्राप्त स्वाबमध्ये अधिकांशको कोरोना परीक्षण भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

डा। सेढाईका अनुसार, हालसम्म कोरोना परीक्षण गरिएकामध्ये अधिकांश तराइका जिल्लाबाट प्राप्त भएको नमुना रहेका छन् ।

हेटौंडा प्रयोगशालामा मंगलवार १९ जनाको नमुना परीक्षण भएकोमा १८ जनाको रिपोर्ट नेगेटिभ र १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रयोगशालामा नमुना परीक्षणको लागि मंगलवार २६१ जनाको स्वाब प्राप्त भएको थियो ।

मन्त्रालयका अनुसार, प्राप्त भएका स्वाबमध्ये ८२४ जनाको नमुना परीक्षण हुने क्रममा रहेका छन् ।