स्याङ्जाको गल्याङमा पहिरोले घर पुरियो : आमाको मृत्यु, छोरी घाइते

गुगलपाटी संवाददाता
७ श्रावण २०७७ ०६:३४

घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारूको मृत्यु भएको छ । मायाकी २० वर्षीया छोरी नारायणी सारू घाइते भएकी छिन् ।

घाइते नारायणीलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारी जानकारी दिए । उनका अनुसार भिरालो जमिन, घर भन्दा २० मिटरमाथि रहेको ढिस्को खसेको छ । घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेको छ ।
स्रोतः कान्तिपुर