घुस रकम दिन खोज्ने हेटौंडाका लामा पक्राउ

गुगलपाटी संवाददाता
९ श्रावण २०७७ ०४:२०

हेटौंडामा हिजो आज राती भएपछी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवाको अबैध रुपमा चोरी निकासी भइरहेको छ । प्रहरीले फेला पार्ने वित्तिकै नियन्त्रणमा पनि लिने गरेको छ । देशव्यापी रुपमा असार, साउन, भदौ महिनामा खोलामा पस्न पाइदैन । तर, यही मौकालाई छोपेर पनि अबैध रुपमा वालुवाको चोरी निकासी हुने गरेको छ ।

गएराती अबैध तरिकाले वालुला चोरी निकासी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ट्याक्टर छोड्नका लागि भन्दै घुस रकम दिन खोज्ने एक जनालाई वडा प्रहरी कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको हो । ट्रयाक्टरलाई छोडन भन्दै प्रहरीलाई घुस रकम दिन खोज्ने एक जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक इस्वरी भण्डारीले जानकारी दिनुभयो ।

गए राति हेटौँडा–२ संगम चोकमा अवैध रुपमा बालुवा बोकेर आएको ना ६ त ८५८६ नम्बरको ट्याक्टरलाई रोकि चेकजाँच गर्दा ट्याक्टर छोड्नु पर्यो भन्दै चेकिङ्ग टोलीलाई घुस दिन खोज्ने ट्याक्टर साहु हेटौँडा १ जरुवा टोल बस्ने संजय लामालाई घुस रकम सहित नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।