हेटौंडाबाट काठमाण्डौ जाने चार वटै सडकमा पहिरोको जोखिम
गुगलपाटी संवाददाताप्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाण्डौ जाने चार वटै सडकमा पहिरोको जोखिममा परेका छन् । हेटौंडाबाट काठमाण्डौ जाने सडक चारवटा भएपनि वर्षायामको समयमा सजिलैसंग आवतजावत गर्नका लागि कठिनाइ हुने गरेको छ । हिउँदमा सजिलैसंग ओहोर दाहोर हुने गरेको भएपनि वर्षायाममा कहाँ पहिरो लडेर समस्या भोग्नुपर्ने हो र जाममा फस्नुपर्ने भन्ने त्रासमा यात्रुहरु रहेका छन् । पहिरो पन्छाउनका लागि प्रहरी र एक्साभेटर वर्षायामभरी तयारी हालतमा राख्नुपरेको छ ।
वर्षायाम सुरु भएपछी हेटौंडाबाट काठमाण्डौं जाने चार वटै सडकमा पहिरो र बाढीको जोखिम वढेको हो । सरकारले लकडाउन खोलीदिएपछी सवारीका साधनहरु काठमाण्डौ ओहोर दोहोर गर्ने वढेका छन् । तर, सडकमा पहिरोको निकै जोखिम वढेको छ । हेटौंडा र तराइका जिल्लाका नागरिकका लागि भीमफेदी, कुलेखानी सडकबाट काठमाण्डौ जानका लागि यसअघि निकै सहज हुने भएपनि वर्षायाम सुरु भएसंगै निकै जोखिम वढेको छ ।
भीमफेदी–कुलेखानी सडकखण्ड फराकिलो पार्न लागेकाले पहिरोको निकै जोखिम वढेको हो । पानी परेपछी झनै समस्या भएको र माथीबाट पहिरो लडिहाल्ने होकी भन्ने त्रास वढेको सवारी चालकहरु वताउँछन् । छोटो दुरीको मार्गमा कहिले फाखेल त कहिले सिस्नेरीमा पहिरो लडेर समस्या पनि छ । भीमफेदी–कुलेखानी सडक खण्ड वर्षायाम सुरु हुन लागेपछी फराकिलो वनाउने बागमती प्रदेश सरकारको कामले गर्दा झनै समस्या भएको छ ।
राजधानी काठमाण्डौ जाने सवै सडकमा पहिरोको जोखिम वढेकाले कहाँगएर जाममा वस्नुपर्छ भन्ने त्रास रहेको हेटौंडा ११ का ट्रक चालक शिव घिमिरे वताउनुहुन्छ । यता साना सवारीका साधनका चालक जुन सडकबाट जानका लागि पनि समस्या भएको वताउँछन् ।
यता हेटौंडाबाट काठमाण्डौ जानका लागि सहज र छोटो दुरीको कान्तिलोकपथ सडक वर्षायाम सुरु भएलगतै देखि वन्द अवस्थामा रहेको छ । एक महिना अगाडी देखि कुनैपनि सवारीका साधनहरु यस सडक भएर चलेका छैनन् । हेटौंडाबाट दामन, पालुङ हुँदै काठमाण्डौ जाने त्रिभुवनराजपथमा पनि ठाउँठाउँमा पहिरो लड्ने र बागझोरामा बाढी आउने समस्याले गर्दा ओहोर दोहोर गर्न समस्या हुने गरेको छ । त्रीभुवनराजपथको भीमफेदी खोप्लाङमा लगातार दुइदिन पहिरो लड्ने र पन्छाउने गर्दाको हैरान समेत भएको छ ।
पुर्व पस्चिम राजमार्ग अन्तरगत हेटौंडा, नारायणगढ, मुग्लिन भएर काठमाण्डौ जाने सडकमा पनि पहिरोको जोमित छदैछ । सडक अवरुद्ध हुने कतिखेर खुल्छ र फेरी कतिवेला वन्दहुन्छ भन्ने समस्या जहाँकोतही छ । यस सडकमा पहिरोको जोखिम भएपछी त्रिभुवनराजपथबाट गुढेका सवारीका साधनहरु यहाँपनि पहिरो लडिरहने समस्याले गर्दा विचवाटोमै जाममा पर्ने गरेका छन् ।