हेटौंडा २ का आयुर्वेद औषधालयमा सेवाग्राही वढ्दै
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडा÷ जडीवुटी सेवन गर्ने र आयुर्वेदीको औषधीबाट उपचार गराउनेको संख्या क्रमशःबढदै गएको छ । कोराना संक्रमणपछि झन् यो क्रम बढेको छ । हेटौडा उपमहानगरपालिका—२ स्थित हेटौंडा आयुर्वेद औषधालयमा चालु आवको असार सम्म ८ हजार ८ सय ७० जनाले स्वास्थ्य सेवा लिएका छन् ।
गत आव २०७५÷०७६ मा ७ हजार ७ सय ८० जनाले मात्र सेवा लिएका थिए । त्यस्तै लकडाउन अवधिमा सेवा लिनेको संख्या १९ सय २० जनाले सेवा लिएको आयुर्वेद औषधालयका सुचना अधिकारी बैकुण्ठ आचार्यले जानकारी दिए । कोरोनाको संक्रमण फैलिएपछि समाजका अगुवाहरुनै आयुर्वेद औषधालयमा औषधी लिन आएको बताए ।
लकडाउनको समयमा यँहा आउनेको संख्या ह्वात्तै बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको लागि पनि आयुर्वेद औषधालयले औषधि वितरण गरेको छ । आयुर्वेद विभागको विज्ञहरुले प्रोटोकल पठाए अनुसार काम गरिरहेको आचार्यले जानकारी दिए । आयुर्वेद औषधालयले क्वारेन्टाइनमा बसेका कोरोनाको शंकास्पद विरामीहरुलाई के कति छन् सबैको डाटा लिएर परामर्श दिने र योगा सिकाउने गरेको आचार्यले बताए । हाल ३ ठाँउका क्वारेनटाइनमा रहेको मानिसहरुलाई परामर्श दिइसकेको र अब मनहरीमा रहेको क्वारेन्टाइनमा परामर्श गराउन चाँडै जाने पनि उनले जानकारी दिए ।
क्वारेन्टाइनमा बसेका शंकास्पद बिरामीहरुलाई असोगन्धा चुर्ण , गुजे चि चुर्ण ,एस्टी मधु चुर्ण , चिथो पलाजी चुर्ण दिई डिस्चार्ज भएर जानेहरुलाई फलोअप गएर औषधी थप्ने र डिस्चार्ज भईसकेपछि पनि औषधि लिन लगाउने गरेको आचार्यले जानकारी दिए । हाल सेवाग्राही बढेकाले औषधालयले २ सिफट गरेर सेवा दिइरहेको छ । विरामीको चाप वढदै गएकाले माथिवाट पठाएको औषधीले पुग्दैन । विरामीको चाप बढेको हुदा प्रदेशसंग वजेटको माग गरेको बताएका छन् ।
औषधीको अभावमा कहिले काँही विरामीलाई औषधी दिन सकिदैन । यही नै बनाएर पनि दिने गरेको बताए । आयुर्वेद औषधालयमा नवजात शिशुदेखि ९५ वर्ष सम्मका वृद्धवृद्धाहरु उपचारको निम्ति आउने गरेका छन् । औषधालयमा दैनिक ४० देखि ५० जना सम्म बिरामी आउने गरेका छन् । विरामी धेरै आउने हुँदा औषधिको जोहो गर्नु पर्ने देखिएको उनले बताए । आयुर्वेद औषधालयले जेष्ठ नागरिक सेवा , स्तनपाई सेवा , गाउँघर क्लिनिक , धामी झाक्री कार्यक्रम , टफिक प्रहरीलाई उत्पन्न हुने स्वास्थ्य समस्या निराकरण कार्यक्रमहरु गरेको सुचना अधिकारी बैकुण्ठ आचार्यले बताए । औषधालयमा थप फिजियो थेरापी , प्रयोगशाला सेवा , पंञ्चकर्म अन्तर्गत पर्वकर्म सेवा , सिरोधारा सेवा रहेको जानकारी गराए । आयुर्वेद औषधालयमा पायल्स र फिस्टोला सेवा पनि छिटै सुरु हुने भएको औषधालयले जनाएको छ ।