मकवानपुरगढी गाउँपालिकाले गाउँलेलाई जोगाउनका लागि २ ठाउँमा अर्थिङ

गुगलपाटी संवाददाता
११ श्रावण २०७७ ०३:१५

कुमारी स्याङ्बो
हेटौंडा÷मकवानपुर जिल्लामा वर्षपिच्छे चट्याङवाट मानिसहरु मर्ने गर्छन् । घाईते पनि हुने गर्छन । गाई,वाख्रा पनि मर्ने गरेका छन ।
वर्षायाम लागेपछि सवैलाई चट्याङको डर हुने गरेको छ । मकवानपुरका जिल्लाका वासिन्दाहरु आकांशका गड्यागुड्«ङ गर्ने बितिक्कै डराउने गर्छन् । सरकारले मकवानपुरलाई चट्याङ धेरै पर्ने जिल्लाको लिष्टमा राखेको छ । २ साता अघिमात्र मकवानपुरको पुर्वी क्षँेत्रमा पर्ने बैकया गाउँपालिकाको धियालमा चट्याङ परेर २ जना महिलाको मृत्यु भएको थियो ।

चट्याङले यँहा वर्ष दिनमा ८ देखि १० जनासम्मको ज्यान लिने गरेको छ । चट्याङ पर्ने गाउँपालिकामध्ये मकवानपुर गढी गाउँपालिका पनि एक हो । उक्त गाउँपालिकामा पनि २ वर्ष अघिसम्म वर्षेनी ५ जना भन्दावढी चटयाङले मर्ने गरेका थिए । तर अहिले मकवानपुरगढी गाउँपालिकाले आफनो गाउँलेलाई जोगाउनका लागि २ ठाउँमा अर्थिङ राखेको छ । अर्थिङ राखेपछि गाउँमा चट्याङ पर्न छोडेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए । गाउँपालिकाको २ ठाउँमा अर्थिङ टावर राखेपछि गाउँघरमा अहिले चट्याङनै पर्न छोडेको जानकारी गराए । गढि गाउँपालिकाले प्रभावित क्षेत्र ५ नम्वर वडाको देउराली डाँडा र १ नम्वर वडा सानो गढि क्षेत्रमा अर्थिङ् राखेको अध्यक्ष हुमागाईले बताए ।
मकवानपुर गढी गाउँपालिकाले घरै पिच्छे अर्थिङ् राख्ने भएको छ । अर्थिङ् जोड्न गढि गाँपालिकाले २० लाख रुपैया बजेट छुट्याएको छ । मकवानपुरगढी गाउँपालिका जिल्लामा धेरै चट्याङ पर्ने गाउपालिका भएकाले गाउँका बासिन्दालाई चट्याङबाट जोगाउन कोशिश गरिरहेको गाउँपािलकाका अध्यक्ष हुमागाईले बताए ।
२ वर्ष यता गढि गाँउपालिकामा चट्याङ्ले मान्छे मारेको छैन । ८० प्रतिशत गाँउपालिकाको र २० प्रतिशत जनताको लगानीमा अर्थिङ् राख्ने काम अगाढि बढिरहेको अध्यक्ष हुमागाईले जानकारी दिए । चट्याङ् अहिले पनि यहाँ परिरहेको छ तर त्यसले क्षति गर्न पाएको छैन । अर्थिङले काम गरेको छ । गढी, आमभन्ज्याङ, सुकौरा र बुढीचौरसहित चार वटा गाविस जोडेर मकवानपुरगढी गाउपालिका बनेको हो