रञ्जन कोइरालालाई पक्राउ गराउने मकवानपुरको टिस्टुङकी स्थानीयको बयान

गुगलपाटी संवाददाता
११ श्रावण २०७७ ०३:२१

म त्यति बेला टिस्टुङ गाविस महिला सञ्जालको अध्यक्ष थिएँ। अहिले त टिस्टुङ पनि थाहा नगरपालिकामा गाभिएको छ।

एक जना बूढी आमालाई एक शिक्षकले राति जाँड खाएर कुटपिट गरेको निवेदन आएको थियो। दोषीलाई गाविसमा बोलाएर छलफल गराउने भयौं। हामीले ती शिक्षकलाई छलफलमा उपस्थित हुन आउनू भनी पत्र काट्यौं, तर पत्र पुर्‍याइदिने कोही भएन। म आफैं चिठी पुर्‍याउन गएकी थिएँ।

यो २०६८ माघ ७ गते बिहानको कुरा हो। मसँग मेरो श्रीमान पनि हुनुहुन्थ्यो। उहाँले मोटरसाइकल चलाउनुभएको थियो। म पछाडि सिटमा थिएँ।

चिठी दिएर फर्किंदै गर्दा बाटोमा हामीले एउटा गाडी रोकिरहेको देख्यौं। भित्र सेतो हाइनेक र बाहिर खैरो ज्याकेट लगाएको मानिस यताउता हेरिरहेको थियो।

त्यो त्यही ठाउँ थियो, जहाँ पुस २८ गते मानिसको आधा जलेको शव भेटिएको थियो। टिस्टुङको मेत्राङ भन्ने ठाउँमा भेटिएको त्यो शव गाउँलेहरू मिलेर प्रहरीलाई बुझाएका थियौं।

शव भेटिएकै ठाउँनिर यताउति गरिरहेका अपरिचित मान्छे देखेपछि मलाई शंका लाग्यो। उसले सडकको दायाँ(बायाँ गहिरो गरी हेरिरहेको थियो। केही बिर्सेको चिज खोजेजस्तो गरी।

उसलाई हामीले केही सोधेनौं। केही भनेनौं। आधा किलोमिटरजति यता आएपछि मैले हाम्रो गाउँको मंगल तामाङलाई फोन गरेँ। एकछिनमै त्यतातिर लोकल गाडी देखियो। त्यसपछि त्यो मान्छे घटनास्थलबाट हेटौंडातिर गयो। ऊ हामीबाटै क्रस भएर अघि बढ्यो। त्यसपछि मात्र हाम्रा साथीहरू मंगल र किरणमान बल बाइकमा आइपुगे। मैले साथीहरूलाई सबै कुरा बताएँ। उनीहरूले पनि बाटोमा त्यो गाडी देखेका रहेछन्। त्यो ठाउँमा निकै घुम्तीहरू छन्। सानासाना डाँडाका घुम्ती। त्यति बेलासम्म ऊ दुई(तीन डाँडा कटिसकेको हुन सक्थ्यो। तै पनि हामीले उसलाई पिछा गर्ने निधो गर्‍यौं।

सात(आठ दिन पुग्दा पनि त्यो जलेको शव कसको हो भनेर पहिचान भइसकेको थिएन। कसले मारेको भन्ने पनि थाहा थिएन। गाउँमा चर्चा मात्र थियो। यस्तो डरलाग्दो घटना आफ्नो गाउँमा हुँदा हामी निकै चिन्तामा थियौं। त्यसैले पनि त्यो शंकास्पद व्यक्तिलाई यसै छाड्न हुन्न भन्ने हामीलाई लागेको थियो।

हामी बाइक चढेर अघि बढ्न मात्र के खोजेका थियौं, त्यही मान्छे आफ्नो गाडीमा फर्किरहेको देख्यौं। हामीलाई शंका लाग्यो, अघि ऊ लोकल गाडी आएको देखेर हतार(हतार हिँडेको हुनुपर्छ। अब फेरि सुनसान भयो भनेर फर्किएको होला१

हाम्रो जम्काभेट भयो। हामीले गाडी रोक्नुहोस् भन्दा नटेरी हिँड्न लागेको थियो। साथीहरूले बाइक तेर्स्याएर उसलाई रोके।

उसले सिसा खोलेर भन्यो, ‘किन रोकेकोरु’

‘जहाँतहीँ हाम्रो कन्ट्याक छ, तपाईं उम्किन पाउनुहुन्न,’ हामीले भन्यौं, ‘तपाईं को होरु हामीलाई शंका लागेर रोकेको।’

‘मलाई कहाँ कहाँ पुग्नुछ यसरी नरोक्नुहोस्,’ उसले भन्यो।

‘प्रहरी आएपछि जानु होला,’ मंगलले भने।

‘तपाईंहरूको के भयोरु गाडी लड्योरु घर फोड्योरु कि के भयोरु’ उसले सोध्यो।

हामीले ‘त्यस्तो होइन’ भन्यौं। उ गाडीबाट निस्कियो।

रोकेपछि उसका क्रियाकलाप निकै अस्वाभाविक थिए। ऊ बोल्दा पनि निकै हतारिएर बोलिरहेको थियो। अनुहारमा चिटचिट पसिना निक्लेको थियो। अलि बेरपछि उसले आफ्नो हात देखाउँदै भन्यो, ‘मलाई मात्र दशा लाग्दो रहेछ हेर्नु त बहिनी।’

हत्केलादेखि नाडीसम्म घाउ थियो। उसले भन्यो, ‘एक्सिडेन्ट भएको।’

हाम्रा साथीहरूले उसलाई धैर्य गर्न सम्झाए।

‘तपाईंको समय बर्बाद गरेकोमा हामीलाई माफ गर्नुस्, तर अनुसन्धान नभई त हामी छाड्दैनौं,’ हामीले भन्यौं।

यतिन्जेल एक घन्टा बितिसकेको थियो। त्यसपछि बल्ल उसले भन्यो, ‘म पनि प्रहरीको मान्छे हो, अनुसन्धानमा आएको।’

उसले कार्ड निकालेर देखायो।

‘त्यस्तो कार्ड त अहिलेको अहिल्यै निकाल्न सकिहालिन्छ नि,’ हाम्रा साथीहरूले भने, ‘त्यसमाथि तालिमप्राप्त व्यक्तिलाई नै थाहा हुन्छ कसरी घटना गराउनेरु कसरी लुकाउनेरु’

उसले सुस्तरी भन्यो, ‘त्यस्तरी त नभन्नुहोस् न।’

केही बेरपछि उसले गाडीबाट दबाई झिकेर खायो। हामीले के खाएको भन्दा प्रेसरको औषधि भन्यो। हामीले चेक गर्‍यौं। हो रहेछ।

उसलाई रोकेको डेढ(दुई घन्टापछि प्रहरी आइपुग्यो। हामीले प्रहरीलाई सबै कुरा बेलिबिस्तारमा लगायौं। र, उसलाई प्रहरीसँगै पठायौं।

त्यो मान्छेको कार एक जना प्रहरी हवल्दार कृष्णप्रसाद ढकालले चलाएर लगे। उसलाई भने प्रहरी भ्यानमा हाले।

उसलाई इलाका प्रहरी कार्यालय पालुङमा लगेर राखियो। त्यही रात डिएसपी कार्यालय हेटौंडाबाट फोन आएछ रे( त्यो डिआइजी रञ्जन कोइराला मेरै साथी हो। एउटै भाँडामा खाएर बसेको हो, यस्तो निच काम गर्न सक्दैन छाडिदिनू।

त्यसपछि इन्स्पेक्टर डिल्लीप्रसाद मैनालीले राति नै उसलाई छाडिदियो।

हामीलाई भने चित्त बुझेन। मंगल तामाङ मानवअधिकार लगायतका संस्थासँग आबद्ध हुनुहुन्थ्यो। उहाँले ‘यस्तो(यस्तो कार्ड भएको मानिस यसरी फेला पर्‍यो, हामीले इलाका प्रहरीमा बुझायौं’ भनेर इमेल गरिदिनुभएको थियो।

भोलिपल्ट समाचारमा आयो( आफ्नै श्रीमती गीता ढकालको रञ्जन कोइरालाद्वारा अपहरण। त्यसमा फोटो उसकै थियो।

हामीले समातेको मान्छे त रञ्जन कोइराला पो रहेछ१

त्यो पढेपछि हामीले पालुङ इलाका प्रहरी कार्यालय घेराउ गर्‍यौं। त्यस्तो मान्छेलाई किन छाडेको, हामीले त पक्राउ गरेर दिएका थियौं भन्दै।

त्यो इन्स्पेक्टरले जिल्ला र जिल्लाबाट माथि खबर गर्यो। त्यसरी जताततै खबर गएपछि भोलिपल्ट ऊ नागढुंगामा फेरि पक्राउ परेको हो। हामी चौकी घेर्न नगएको भए त्यो फुत्किसकेको मान्छे हो।

हामीले पछि समाचारबाटै थाहा पायौं, त्यो मान्छेले पुस २७ गते नै श्रीमती मारेर टिस्टुङ ल्याएर जलाएको रहेछ। जलाएको ठाउँमा प्रमाण छुट्यो कि भनेर नष्ट गर्न आएको पो रहेछ।

हामी पछि घटनाबारे बताउन काठमाडौंको हनुमानढोका गयौं। साक्षीका रूपमा अदालत गएर पनि बयान दियौं। बयान दिन जाँदा बल्ल मृतकका परिवारसँग भेट भएको थियो। मृतक गीता ढकालका दाजु आएर हामीलाई तीन(चार घन्टा कुर्नुभयो। हामीलाई लिएर बाबुआमाकहाँ लग्नुभयो। हामीले त्यहीँ उहाँहरूलाई चिनेको हो।

त्यो मान्छे समात्ने बेला हामीलाई डिआइजी भन्ने थाहा थिएन। हामीले शंका लागेर समातेका थियौं। मुसा भनेको बाघै निस्केको थियो।

एक जना पत्रकारलाई त्यति बेलै मैले भनेकी थिएँ( उहाँकी श्रीमतीको आत्माले उहाँलाई त्यहाँ डोर्‍यायो, हामीलाई भने दैवले त्यही बेला पुर्‍यायो र उहाँ पक्रिनु भो।

हुन त मेरो छिमेकी पनि होइन, आफन्त पनि होइन, चिनेको पनि होइन। एउटा मानवताको नाताले अन्याय होइन, न्याय हुनुपर्छ भनेर उसलाई समातेका थियौं। त्यो बेला मैले जे देखेकी थिएँ, जे भएको थियो, मैले अझै २० वर्ष पनि बिर्सिने छैन। एकएक कुरा याद हुन्छ।

पछि उसलाई अदालतले कैद सजाय गर्‍यो। जन्मकैदको २० वर्ष तोक लगाएको मान्छेलाई अहिले साढे ८ वर्षमै कसरी छुटाएरु हामीलाई अचम्म लागेको छ।

बलेको आगो ताप्ने दुनियाँ छ, न्याय दिँदा पनि मरेको मान्छेकै दोष देखाएपछि सकिइहाल्यो नि१ यस्ता महिला हिंसाका घटना देशैभरि छन्, न्यायाधीशले कसरी न्याय गर्लान् तरु

मेरो प्रश्न छ( के यसमा सबै न्यायाधीशको कुरा मिलेको होरु

मलाई के लाग्थ्यो भने हाम्रो कानुन त ज्यान मार्नेलाई छोड्नेजस्तो फितलो छैन। तर, ज्यान मारेकोमा जन्मकैद तोकेको मान्छे किन यति छिटो छुट्योरु

श्रीमतीसँग झगडा परिरहेको देखेको भए हामीले त्यही भन्दा हौं, तर हामीले त श्रीमती मारेर जलाएका व्यक्तिलाई देखेका हौं। हाम्रो सामान्य आँखाले त पहिलेकै सजाय ठिक थियो भन्छ। तर, अहिलेका न्यायाधीशलाई लाग्यो होला नि त, मर्ने त मरेर गइहाल्यो, हत्यारा भए पनि बाँच्नेलाई न्याय दिऊँ भनेर

हामी सिधासाधा मान्छेलाई त तोकेकै जन्मकैद हुनुपर्ने हो भन्ने लाग्छ, न्यायाधीशले कस्तो प्रमाण भेटेर छोड्नुभो थाहा भएन। ठूल्ठूला ओहोदाका मान्छेलाई म यति भन्न चाहन्छु, जस्तोसुकै आवेगमा आए पनि, रिस उठे पनि श्रीमतीलाई हात उठाउने काम नगर्नू। मार्ने काम नगर्नू। एकदिन सजायँ हुन्छ, आज नभए भोलि।

त्यो मान्छे छुटेपछि अहिले साथीभाइहरूले तिमीहरूले समातेर बुझाएको मान्छे छुट्यो, केही होला नि, रिस पोख्न आउला भन्छन्, मलाई चाहिँ खासै डर लाग्दैन। म समाजसेवामा लागेको मान्छे डराएर काम छैन। उसले रिस राख्ने उसको हातको कुरा हो। उसको हातबाट मर्न लेखेको भए रञ्जन कोइरालालाई पक्राउ गराउने मकवानपुरको टिस्टुङकी स्थानीयको बयानभेट्ला, तर मैले अन्यायलाई न्याय गरेको छु भने भगवानले बचाउला। मलाई कुनै डर छैन।

हामिले यो बयानलाई सेतोपाटीबाट साभार गरेका हौं ।

(सुनिता दोङसँग सेतोपाटीका शोभा शर्माले गरेको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया