कीमसंगको बार्ता रद्दपछि टम्पको चौतर्फी आलोचना

गुगलपाटी संवाददाता अमेरिका
११ जेष्ठ २०७५ ०७:५५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले हालै देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका छन् । ट्रम्पले १२ जुनमा उत्तर कोरियासँग वार्ता गर्न अनुपयोक्त भएको बताएका छन् ।

ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरेका छन् । ट्रम्पले पत्रमा किमलाई सम्बोधन गर्दै लेखेका छन्, ‘म तपाईँलाई त्यहाँ भेट्न निकै आतुर थिएँ । तर दुःखको कुरा हालै तपाईँले देखाउनुभएको क्रोधपूर्ण र शत्रुतापूर्ण व्यवहारका कारण अहिलेलाई बैठक गर्नु म अनुपयुक्त देख्छु ।’ क्षमताको कुरा गर्नुहुन्छ । तर हाम्रो परमाणु क्षमता यति विशाल छ कि म भगवानसँग प्राथना गर्छु कि यसको प्रयोग कहिल्यै गर्न नपरोस् ।’

आजै मात्र उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न बनाएको सुरुङ नष्ट गरेको थियो ।