मकवानपुरका संगितकार भोला जोशीको निधन
गुगलपाटी संवाददातामकवानपुरका संगितकार भोला जोशिको आइतबारनिधन भएको छ । लामो समय देखि बिभीन्न रोगका कारण थलीएर रहनुभएका जोसीको आइतबार मृत्यु भएको हो । तबला, हार्वोनियममा वढी क्षमतामा रहेर काम गर्दै आउनुभएको थियो । संगित क्षेत्रमा लागेर धेरै वटा अवार्ड समेत पाउनुभएको थियो ।
मकवानपुरमा रहेर संगीत क्षेत्रमा काम गर्नु भएका भोला जोशीका अहिले मकवानपुरका ख्याती प्राप्त संगितकार समेत उहाँका चेला छन् । उहाँको ८० वर्षको उमेरमा आज अपरान्ह १२ बजेतिर हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमै निधन भएको हो ।
उस्ताद जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत भर्नु भएको छ । उहाँले तबला, बाँसुरी र हार्मोनियम कलामा पोख्त हुनुहुन्छ ।
लामो समयदेखि दम र सुगरको रोगी जोशी सेवानिवृत्त शिक्षक हुनुहुन्छ । जोशीको आजै हेटौंडा–९ स्थित त्रिवेणीधाममा अन्तिम संस्कार गरिएको छ ।