बागमतीमा कोरोना संक्रमितको संख्या ९ सय पुग्यो
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ९ सय २९ पुगेको छ ।
आईतबार प्रदेशको ३ जिल्लामा १० जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ९ सय २९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
आईतबार थप हुनेहरुमा काठमाण्ण्डौका ८ जना,नुवाकोटका १ जना र मकवानपुरका १ जना रहेका छन् ।
प्रदेशमा हालसम्म १० जना संक्रमितले ज्यान गुमाएका छन् । यसैगरि प्रदेशभर ४ सय ६८ जना संक्रमित कोरोना मुक्त भएका छन् ।