आश्रय लिने १ सय ६३ जना

गुगलपाटी संवाददाता
१२ श्रावण २०७७ १२:२०

कुमारी स्याङ्बो
हेटाँैंडा:  हेटौंडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा हाल १ सय ६३ जना आश्रय लिनेहरु रहेका छन् ।
जसमध्ये ६० जना महिला र १ सय २ जना पुरुष रहेको मानव सेवा आश्रमकी केन्दिय सदस्य उमा भण्डारीले जानकारी दिइन् । कोरोना संक्रमण सगैं नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेका थिए । लकडाउन अवधिमा २ जना महिला र १८ जना पुरुष गरि २० जनालाई आश्रममा ल्याइएको भण्डारी बताइन् ।
आश्रममा आश्रय लिएका अधिकांश मानसिक सन्तुलन बिग्रेका र घरबारविहीनहरु रहेका छन् । मानव सेवा आश्रमले अधिकांशलाई सडकपेटीमा कष्टकर जीवन बिताइरहेको अवस्थामा उद्धार गरि ल्याएका हुन् । इच्छाअनुसार के काम गर्न सकिन्छ त्यही काम गर्न लगाउने गरेको भण्डारीले बताइन् । इच्छा हुनेहरुलाई गाई चराउन दिने घाँस काट्न दिने दुध दुन दिने गर्दै आएको छ उनले भनिन् । आश्रममा महिनाको पहिलो हप्ता नशा तथा मानसिक विषेशज्ञ आएर स्वास्थ्य परिक्षण गर्ने गरेका छन् । आश्रममा २ जना नर्सहरु रहेका छन् । उक्त आश्रम २०६९ साल भाद्र महिनाबाट सञ्चालन भएको हो ।
बागमती प्रदेशमा ६ वटा आश्रम रहेको छ । सबै आश्रममा गरेर १ हजार भन्दा बढि मानिस बस्ने गरेको मानव सेवा वृद्ध आश्रमले जानकारी दिए । आश्रममा महिला पुरुष छुट्टाछुट्टै गरी राख्ने गरेको छ । सञ्चालन भएको ६ वर्षको अवधिमा ६ सय भन्दा बढिलाई पुनर्मिलन गराइसकेको आश्रमले जनाइएको छ ।
आश्रय लिएर बसेका मक्रान्चुलिकी लक्ष्मी अधिकारीलाई आफनो घर परिवारको धेरै सम्झना आउने बताउँछन् । उनलाई सडकपेटीमा माग्ने क्रममा भेटिएका हुन् । उनको एक छोरा र एक छोरी गरि दुई सन्तान रहेका छन् । उनको मानसिक समस्याको कारण उनि व्यसहारा भएकी हुन् । श्रीमान, छोरा, छोरी सबैको मायाबाट वञ्चित भएर उनि अरुको काम गर्दै सडकपेटीमा माग्दै हिडेका बताउँछन् । उनलाई भेट्न कोही नआउने भएकोले उनलाई घरको खेतीपातीमा पिर परेको उनले भनिन् । उनि आश्रमबाट ३ चोटी भागेर गएका हुन् ।
त्यस्तै आश्रममा रहेकी गढी गाउँपालिकाकी कान्छीमाया तामाङ पहिला अरुको जग्गामा सानो झुपडी बनाएर बस्दै आएका थिए । उनी दाउरा बेचेर जीवन गुजारा गर्दथे । उनको छोराछोरी त छ तर साथमा छैन । उनि एकलै दुख सुख गर्दै आएका हुन् । उनि पनि आश्रमबाट तिनचोटी भागेर आफनै सानो झुपडीमा गएका हुन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रलायदेखि स्थानिय तहसम्मले सडक मानव व्यवस्थापनका सवाललाई आफनो मुख्य प्राथमिकतामा समावेश गरेका छन् । मकवानपुरका कुनै पनि मानिस सडकमा पेशेवर मगन्ते मनोरोगी अथवा अपाङ्ग भई बेवारिसे अवस्थामा फेला परे अब प्रहरीलाई फोन गरि उद्धारको व्यवस्था मिलाइएको सामाजिक विकास महाशाखा प्रमुख इन्दिरा ओजाले बताइन् । बागमती प्रदेश सरकारले सहयोगीपेक्षी सडक मानवरहित प्रदेश घोषणा गरेर नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाल, को नारालाई सार्थक बनाउन टेवा पु¥याएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा करिब १३ लाख सहयोग गरेको प्रमुख ओजाले बताइन् । बागमती प्रदेशभित्र रहेका सबै आश्रमहरुका लागि बजेट छुट्याइएको ओजाले भनिन् ।
असारको १४ गते विवाहको अवसरमा निरज केशीले आश्रममा भोजन कार्यक्रम गरेको केन्द्रिय सदस्य भण्डारीले बताइन् । त्यस्तैभुमि सुधार तथा कृषि मन्त्रि दोर्जे लामाले पनि आफनो जन्मदिनमा अस्टेलियाबाट आएका नयाँ विरुवाहरु आश्रम वरिपरी रोपेका थिए । भने आश्रय लिनेहरुलाई खाना खुवाइएका थिए । आश्रममा जन्मदिन मनाएर धेरैले खाना खुवाईसकेका छन् ।
त्यस्तै लकडाउनको अवधिमा हेटौंडा उपमहानगरपालिकाले आश्रममा ७ बोरा चामल र २ बोरा दाल सहयोग गरेको उपमेयर मिना लामाले बताइन् । विगत कर्रामा आश्रम हुँदा आश्रमको भाडा नगरपालिकाले तिरेको लामाको भनाई छ । आश्रमको लागि नगरपालिकाले बजेट छुट्याएको र आगामी दिनहरुमा आश्रमलाई सहयोगर साथ दिइरहने उनले भनिन् ।