३३ किलो सुन प्रकरण : हेर्नुहोस् यिनीहरु बिरुद्ध जारी हुदैछ रेडकर्नर नोटिस
गुगलपाटी संवाददाता काठमाडौं३३ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार गायब भएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।
एसएसपी खत्रीले तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको स्रोत बताउँछ । मुख्य अभियुक्त गोरेले पनि बयानका क्रममा उनलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका थिए ।गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।