बागमती प्रदेशमा हाल ९३० जनामा कोरोना संक्रमण

गुगलपाटी संवाददाता
१३ श्रावण २०७७ ०४:५९

बागमती प्रदेशमा हिजो एक दिनमा सात जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा कोरोना संक्रमितको दर निकै घटेको छ । हाल सम्म बागमती प्रदेशमा ९ सय ३० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा सात जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

कोरोना संक्रमणका कारण प्रदेशमा १० जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा ५ सय १७ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या १८ हजार ७ सय ५२ जना नाघ्दा बागमती प्रदेशमा भने ९ सय ३० जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।