हेटौंडामा १३ हजार जनाको कोरोना परिक्षण
गुगलपाटी संवाददाता
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म १३ हजार १ सय ६२ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ ।
नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा राखिएको छ । पछील्लो समय बिभीन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछी नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जााच् गर्ने चरणमा रहेको छ ।
हाल सम्म कोरोना परिक्षण गरिएका मध्यमा अधिकांश तराइका जिल्लाबाट परिक्षणका लागि ल्याइएका नमुनामा रहेका छन् । संक्रमितहरु अधिकांश तराइको बारा, पर्षा र रौतहटका छन् ।
कोरोनाको माहामारी सुरु भएदेखि हाल सम्म हेटौंडाको बागमती प्रादेशीक ल्यावमा १३ हजार १ सय जना भन्दा वढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । यहाँको ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको छ ।
प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता पनि छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पीसीआर परिक्षण गराउन आउनेहरुको पनि निकै चाप वढेको छ । पछील्ला दिनहरुमा बिदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप निके वढेको आइसोलेनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ । हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर सेढाईले वताउनुभयो ।
बितेको चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, धादिङ, सिंधुली, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ । बिदेशबाट फर्किएका र कोरोना संक्रमितको नजिक रहेकाहरुको स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।