व्यक्तिगत लगानीमा भए पनि परेवाभीरबाट सडक बनाउँछु : बानियाँ

गुगलपाटी संवाददाता
१४ श्रावण २०७७ १२:०८

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले सरकारले नबनाए व्यक्तिगत लगानीमा राक्सिराङ –४ मा पर्ने परेवाभीरबाट सडक बनाउने योजना गरेका छन् ।

नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा नेता बानियाँले यस्तो बताएका हुन् । राक्सिराङ गाउँपालिकाका जनताको जीवनस्तर उकास्नका लागि पनि परेवाभिरबाट सडक बनाउनु परेको उनको भनाइ थियो । त्यहाँका जनता गाँजाको भरिया बनेको भरमा जेल जानुपर्ने अवस्था आएको बताउँदै जनतालाई अवैध गाँजा खेतिको विकल्पमा अन्य खेती प्रणालीमा जोड्न सडक सञ्जाल आवश्यकता रहेको बताए ।

जनताको माग अनुसार नै परेवाभिर संघीय र प्रदेश सरकारबाट नबने व्यक्तिगत खर्चमा पनि बनाउने बताए । उनले परेवाभिरको विकल्प नरहेको उल्लेख गरेका छन् । उनले गाँँउपालिकालाई डिपिआरको काम अघि बढाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया