ऋद्धिसिद्धी सिमेन्ट बिरुद्ध स्थानीय आक्रोशित
गुगलपाटी संवाददाता हेटौंडा,११ जेठ
मकवानपुरको हेटौंडामा रहेको ऋद्धिसिद्धी सिमेन्टले जथाभावी खानी संचालन गरेको भन्दै मकवानपुरको राक्सीरांग गाउँपालिकाका स्थानीयहरु आक्रोशित भएका छन् ।
सो गाउँपालिकाको वडा नम्बर ४ चौकीटार स्थित गिंगु डाँडामा अनुमति बिनै उसले खानी संचालन गरेको भन्दै शुक्रबार बसेको स्थानीयहरुले बैठकले तत्काल खानी संचालन बन्द गर्न माग गरेको हो । तीन नम्बर प्रदेशका सांसद ओम बहादुर घलानको बिशेष उपस्थितिमा भएको बैठकमा स्थानीयहरुले तत्काल खानी बन्द गर्न ऋद्धिसिद्धी सिमेन्टलाई आग्रह गरेका छन्।
स्थानीय जनसरोकार मंचको अगुवाइमा भएको बैठकले उक्त सिमेन्ट उधोगले गैर कानुनी तरिकाले खानी संचालन गरेका तत्काल बन्द गर्न आग्रह गरिएको र खानी उत्खनन् बन्द नभए आफूहरु कडा आन्दोलनमा उत्रने निर्णय भएको मंचका अध्यक्ष इन्द्र बहादुर मोक्तानले जानकारी दिए । बैठकमा स्थानीय वडा नम्बर ४का सदस्य कर्ण बल,टोल बिकासका अध्यक्ष सुकमार मोक्तान सहित स्थानीय बद्धिमायँ मोक्तान,सुभास मोक्तान,सीता थापा मोक्तान लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।