थपिए २७४ कोरोना संक्रमित, २४ घन्टामा २२७ जना डिस्चार्ज

गुगलपाटी संवाददाता
१५ श्रावण २०७७ ११:१०

पछिल्लो २४ घन्टामा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । २४ घन्टामा २२७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।