निरु थिङ तामाङ ‘मिसेस तामाङ २०१८’ मा फस्ट रनर अप हुन सफल

गुगलपाटी संवाददाता मकवानपुर
११ जेष्ठ २०७५ १३:४७

मकवानपुर निवासी निरु थिङ तामाङ ‘मिसेस तामाङ २०१८’ मा फस्ट रनर अप हुन सफल भएकी छिन् ।
जिल्लाको हेटौँडा–१२ पदमपोखरी हात्तिगौँडा माईती भएकी तामाङले फस्ट रनर अप हुनुका साथै बेस्ट एक्टिभ अवार्ड र ट्यालेन्ट अवार्ड समेत जितेकी हुन् ।त्यस्तै पाल्साङ तामाङले ‘मिसेस तामाङ २०१८’ को ताज जितेकी छिन् । विवाहित महिलाहरूको दक्षता, क्षमता, भाषा र संस्कृतिलाई बुलन्द पार्दै उजागर गर्ने उदेश्यले सुरु भएको मिसेस तामाङको दोस्रो संस्करणमा उनी बिजेता भएकी हुन् । बिहीबार राष्ट्रिय नाचघरमा सम्पन्न ग्राण्ड फिनालेबाट तामाङले १२ प्रतिस्पर्धीहरूलाई पछि पार्दै ताज पहिरिन सफल भएकी हुन् ।

प्रतियोगिताको सेकेन्ड रनर अप पेमा तामाङ, थर्ड रनरअप सुनिता तामाङ र फोर्थ रनरअप सञ्जिता ङार्थेन भएकी छिन् । विवाहित महिलाहरुले पनि परिवर्तन र समाजको सम्बृद्धिमा महत्वपूर्ण भुमिका रहेको कुरालाई मध्येनजर गर्दै मिसेस तामाङ २०१६ बाट सुरु गरिएको एसके इन्टरटेन्टमेन्टकी अध्यक्ष शान्ता लामाले बताईन् ।