हेटौडामा समाज सेवी सन्जेलको पहलमा ,क्यान्सर पिडित दाहाललाइ सहयोग रकम हस्तारण
गुगलपाटी संवाददाताहेटौडा उप महानगरपालिका वडा नम्बर ६ स्थित रामनगरका ४३ वर्षिय क्यान्सर पिडित राजकुमार दाहाललाइ सहयोग रकम हस्तारण गरिएको छ ।
हेटौडा ४ का समाज सेवी इन्द्र प्रसाद सन्जेलको पहलमा क्यान्सर पिडित दाहाललाइ ५५ हजार ५ सय ५५ रुपैँया उनकै निवासमा पुगेर हस्तान्तरण गरिएको हो ।
अमेरीका बसोबासी सुमीत सन्जेल सहित मुकुन्द फुयाल, प्रदिप फुयाल , प्रयास राई, अच्युत पोखरेल,राजु तिमल्सिना, बिकाश गौतम,श्याम विष्ट लगाएतको सकृयतामा संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको ईन्द्र प्रसाद सन्जेलले बताए ।
समस्या सँगै रोगले २ पटक अप्रेशन समेत गरिएको दाहालको अवस्थाका नाजुक भ्उका कारण केही राहात होस भनेर सानो सहयोग गरिएको सन्जेलले बताए ।
आफ्नो अवस्था नाजुक भएको र श्रीमानको मुखमा सानो घाउ आएको र सोही घाउकै कारण समस्या बढ्दै गएर अप्रेशन समेत गरिएपनि पुर्ण स्वास्थय सुधार नभएको श्रीमती कल्पना दाहालले बताईन ।
सहयोग पाएको विषयमा बोल्दै उलले कमाई गर्ने मुख्य मान्छे थला पर्नुसँगै आफुपनि ग्ल्यान टिबी पिडित भएको र आर्थीक कमाईको अनगिन्ती समस्या परेको समयमा पाएको सहयोग रकम ठुलो भएको बताइन ।
यसरी पिडामा मलम लगाउने सोच सहित सहयागको लागि जुटेने समाज सेवी सन्जेलल सहित सहयोगी मनहरुलाई श्रीमती कल्पना दाहालले धन्यबाद दिएकी छन् ।
उनले आफु र श्रीमान दुबैको अवस्था अवस्था नाजुक भएका कारण सबै सँग सहयोगको अपेक्षा गरेकी छन् ।