आज वर्षाको सम्भावना

गुगलपाटी संवाददाता
१९ श्रावण २०७७ ०४:२२

जल तथा मौसम विज्ञान विभागले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

विभागले जारी गरेको पूर्वानुमानमा आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहनुका साथै हाल देशभर सामान्य देखि पुर्ण बदलीको अवस्था रही प्रदेश न १, बागमती र प्रदेश नम्बर ५ का केही स्थानहरु अन्य प्रदेशका एक दुइ स्थानमा अहिले बर्षा भइरहेको जनाएको छ ।

त्यस्तै, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनारही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र प्रदेश १, बागमती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।