होम क्वारेन्टाइनमा एकजनाको मृत्यु
गुगलपाटी संवाददाताचितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषको गएराति मृत्यु भएको हो ।
गएराति एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन ।
मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि तयारी गरिएको जनाएको छ ।
मृतक पुरुष कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।