आवश्यकता अनुसार योजना ल्याएका छौं : राजकुमार मल्ल

गुगलपाटी संवाददाता
२० श्रावण २०७७ ०७:५४

कुमारी स्याङ्बो
मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिकामा वर्षायाममा समस्या झन थपिने गर्दछ । पछिल्लो समय परेवाभीरको कारण चर्चामा आएको छ । परेवाभीर मात्रै होइन राक्सिराङमा धेरै समस्या छन् । पछिल्लो समय विकट राक्सिराङमा भएका गतिविधिबारे गाउँपालिका अध्यक्ष राजकुमार मल्लले   गुगलपाटी संग गरेको  कुराकानी :
अध्यक्ष ज्यु, गाउँपालिकाको समग्र अहिलेको अवस्थाबारे बताईदिनुस न ?

मल्ल : मकवानपुरको राक्सिराङ गाउँपालिका विकट गाउँपालिकामा मध्येको एक हो । बागमती प्रदेशको कर्णाली जस्तै रुपमा रहेको राक्सिराङ गाउँपालिकामा अधिकांश विपन्न परिवार बसोबास गर्छन् ।
मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गाविसहरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३ फागुन २७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।
 गाउँपालिकाको अवस्था अनुसार विपद्को समयमा धेरै काम गनुपर्ने छ, कसरी काम गरिरहनुभएको छ ?
मल्ल : हो ठिक भन्नुभयो, गाउँपालिको कार्यपालिका वैठक, वडा कार्यालय सहित हामी सबै गाउँपालिकाको टिम मिलेर अहिले हामी विपद् सँग जुधिरहेका छौं । अवस्था हेरेर राहत र उद्धार समेत गर्दै आएका छौं । गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका अपाङ्ग बुढाबुढीहरुलाई त्रिपाल हस्तान्तरण गरिसकेका छौं । यस्तै खरको छानो भएको गाउँपालिकाका १०÷११ घरलाई जस्ता वितरण गरिसकेको छौं ।
गाउँपालिकाका अधिकांश जनता गरिब विपन्न वर्गका रहेका छन् । उनिहरुको बस्नका लागि राम्रो घर हुदैन । सानो झुपडीमा रमाएर बसिरहेका हन्छन् । पानी परेपछि उनिहरु भिजेर बस्नुपर्ने हुन्छन् । गाउँपालिकाले गरिब अपाङ्ग, विपन्न समदायका मानिहरुलाई त्रिपाल जस्ता वितरण कार्यक्रम गरेका छन् ।

हिँउदमा भन्दा वर्षायाममा गाउँपालिकामा समस्या धेरै हुन सक्छन, के गर्दै हुनुहुन्छ ?
मल्ल : राक्सिराङका सडकहरु धेरै जसो हिउँदे छन् । वर्षामा जोखिम मोलेर चलाएका मालबाहक सवारीहरु प्नि हिलाम्मे अवस्थामा हुन्छन् । राक्सिराङका ठुलो समस्या भनैकै बाटोको नै हो ।
गाउँपालिकामा रहेका सबै ठाउँमा लाइन छैन । अधिकांश ठाउँका कार्यालय, वडा कार्यालय स्वास्थ्य चौकीहरुमा विशेष गरि ब्याट्री, इन्र्भटर सोलार लगायत वैैकल्पिक उर्जाहरुको प्रयोग र्गछन् । कार्यालयहरुमा समेत वर्षाको कारण घाम नलागेर सोलार चल्न समस्या हुने गरेको छ ।
बाटोको कुरा आयो, परेवाभीरको बाटो बनाउने दाबी गर्नु भएको छ नी ?
मल्ल :  हामीलाई सँधै वर्षाको तगारो बनेको परेवाभीरको बाटो यो वर्षको दशैं तिहार पछि बनाउने अठोट लिएका छौं । सबै तहका जनप्रतिनिधिहरु सँग पनि छलफल भईरहेको छ ।
गाउँपालिकाले आर्थिक वर्षमा सबै वडामा हेलिप्याड बनाएर सुविधायुक्त बनाएका थिए भने यसपाली नेट जडान नयाँ तरिकाले अगाडी बढ्ने भएका छन् । परेवाभीरको बाटो ठेक्काको लागि यहि साउनकै २०÷२५ गतेबाट सुरु गर्ने तयारी गरेका छौं । परेवाभीर मात्रै नभई गाउँपालिकामा ३ सय ३ वटा भौतिक पुर्वाधारको योजना मध्ये लगभव ९९ प्रतिशत योजना सम्पन्न भइसकेका छन् । भौतिक पुर्वाधारहरु शिक्षा, स्वास्थ्य चौकी निर्माण, सडक कार्ययोजना, खानेपानी, सवारी ऊर्जा, अन्य खेलकुदका कार्यहरु सम्पन्न भएका छन् ।
गत वर्ष एक वडा एक हेलिप्याडको योजना ल्याएर चर्चा आउनुभएको थियो, यो वर्ष नयाँ योजना के छ ?
मल्ल : राक्सिराङको भौगोलिक दृष्टिकोणको कारण एक वडा एक हेलिप्याडको योजना ल्याएका हौं । चर्चाको लागि भन्ने चैं होइन, आवश्यकताको आधारमा ल्याएका हौं । यस्तै यो वर्ष गाउँपालिकाकालाई आधुनिकता जोड्न प्रत्येक वडामा विधुत र ईन्टरनेटको पहुँच पु¥याउने तयारी गरिएको छ । अन्य धेरै चेपाङ र निम्न स्तरका जनताको लागि धेरै योजनाहरु ल्याएका छौं ।