मकवानपुर जिल्ला निर्वाचन कार्यलयमा ९९ जनाले नाम दर्ता

गुगलपाटी संवाददाता
२० श्रावण २०७७ ०८:२८

कुमारी स्याङ्बो
हेटौंडाः मकवानपुर जिल्ला निर्वाचन कार्यालयमा आर्थिक वर्ष २०७६÷७७ मा ९९ जनाले नाम दर्ता गरेको छ भने जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ५ सय ९० जनाको नामवली दर्ता संकलन भएको छ ।
मकवानपुर जिल्ला निर्वाचन कार्यलयमा श्रावण महिनामा ८ वटा, भदौमा ३ वटा, असोजमा ९ वटा, कात्र्तिकमा १३ वटा, मंसिरमा १४ वटा, फाल्गुनमा ६ वटा र नाम दर्ता संकलन गरेको छ । चैत्रबाट लकडाउन सुरु भएकाले कार्यालयमा नाम दर्ता नभएको मकवानपुर जिल्ला निर्वाचन कार्यलय प्रमुख गोविन्द प्रसाद पौडेलले बताए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयबाट श्रावण महिनामा १ सय ५४ वटा, भदौ महिनामा ३ सय ६४ वटा, असोजमा २ सय ७६ वटा, कात्र्तिकमा ५ सय ८६ वटा, मंसिरमा ५ सय ९४ वटा, प’षमा ६ सय १६ वटा, माघमा ४ सय ९६ वटा र फाल्गुनमा ३ सय ८९ वटा नाम दर्ता संकलन गरेका छन् ।
कार्यालयमा नाम दर्ता गर्नका लागि फोटो खिच्न नयाँ १५ हजार ६ सय ७८ जना आएको छ । त्यस्तै २ लाख ६० हजार ४ सय २६ जना पुरानो फोटो खिच्नेहरु रहेको कार्यलय प्रमुख पौडेलले जानकारी दिए ।
नाम दर्ता गर्न ७ हजार ६ सय ४९ पुरुष थपिएका छन् भने महिला ८ हजार २९ जना महिला थपिएका छन् । त्यस्तै असार महिनामा १६ जनाको नाम दर्ता भएको छ । साउन १९ गतेसम्ममा कार्यालयमा लगभग १०÷११ जनाको नाम दर्ता गराएको पौडेलको भनाई छ ।
नेपालमा चैत्र ११ गतेबाट लकडाउन भए सगैं मकवानपुर जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न आउनेको संख्या घटेको छ । लकडाउन हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यलय र निर्वाचन कार्यालय गरि दैनिक लगभग १६÷१७ जना नाम दर्ता गर्न आउने गरेको छ भने अहिले फट्टाफुट्टा १ जना दुई जना नाम दर्ता गर्न आउने गरेको निर्वाचन कार्यलयले जनाएको छ । हाल जिल्ला प्रशासन कार्यलयमा नाम दर्ता गर्ने कार्य रोकिएको छ ।