बागमती प्रदेशमा एकैदिन ६७ जनामा कोरोना संक्रमण
गुगलपाटी संवाददाताबागमती प्रदेशमा हिजो एक दिनमा ६७ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा १ हजार २ सय ६९ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् ।
कोरोना संक्रमणका कारण प्रदेशमा १० जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा ५ सय ४३ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।
बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौ उपत्यकामा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या २१ हजार ९ जना नाघ्दा बागमती प्रदेशमा भने १ हजार २ सय ६९ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।
पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।