हेटौंडा उपमहानगरपालिकाले १ लाख २५ हजारलाई खानेपानी

गुगलपाटी संवाददाता
२१ श्रावण २०७७ ११:२५

हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौडा उपमहानरपालिकाका १ लाख २५ हजार जनसंख्यालाई पिउने पानी उपलब्ध गराएको छ ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले उपमहानगरपालिकाका विभिन्न वडामा १८ हजार ५५ धारामार्फत पानी वितरण गरेको खानेपानी व्यवस्थापन वोर्ड हेटौडाका सुचना अधिकारी सन्जय न्यौपानेले बताए । खानेपानी व्यवस्थापन बोर्डले २४ वटा वोरिङ, एउटा सम्ववेल र एउटा ओडार भित्रको सतहको पानी वितरण गरिरहेको छ । ४ वटा वोरिङ र एउटा सम्ववेल संचालनमा हुने अवस्था रहेको खानेपानी वोर्डले जनाएको छ । चार वटा वोरिङ र सम्ववेल संचालन भएपछि हेटौडा बजारमा दैनिक तीन पटक पानी वितरण गर्न सक्ने बोर्डले जनाएको छ ।
खानेपानी व्यवस्थापन वोर्डले दैनिक १ करोड ४२ लाख लिटर पानी उत्पादन हुने गरेर वितरण गरिरहेको सुचना अधिकारी न्यौपानेले वताए । पानीको स्रोत थप्नको लागि सामरीमा सम्ववेल निर्माण गरिसकेका छ र पाइपलाइन लाईन गर्न वोलपत्र गरिसकेकाको वोर्डले जनाएको छ । संघिय सरकारसंग सह लगानीको काम अन्तिम चरणमा पुगेको र त्यस अन्तर्गत हेटौंडा २ हरिकुन्जमा ५ लाख क्षमताको ग्राउण्ड टयांकी , हेटौंडा—५ ?द्रेश्वरमा ५ लाख लिटरको ग्राउण्ड टयाङ्की , हेटौंडा— १५ मा भोर्लेमा ५ लाख लिटरको पानी टयाङ्की निर्माण भईरहेको उनले जानकारी दिए ।

हेटौंडा— १० टिसिएन रोडमा ४ लाख ५० हजार लिटरको ओभरहेड पानी टयाङ्की निर्माण कार्य अन्तिम चरणमा पुगेको न्यौपानेले बताए । हेटौंडा ८ कमाने , हेटौंडा ७ नागस्वोती २ वटा , टिसिएनमा १ वटा गरी ४ वटा ओभरर हेड टयाङ्की र पाईपलाईन हुन बाँकी रहेको उनले जानकारी दिएका थिए । प्रदेश सरकारसंगको सहलगानीमा उपमहानगरपालिकाको विभिन्न वडामा योजनाह? सन्चालन भईरहेकाछन । चालु आवमा उक्त काम सम्पन्न भएर पानी वितरण हुने वोर्डले जनाएको छ ।
हेटौडा उपमहागनरपालिका वडा नम्वर १२ , १६ , १९ मा बोरिङ् निर्माण भईरहेको र वडा नम्वर १३ मा डिप बोरिङ् , वडा नम्वर १४ मा डिआई पाईपलाईन गाड्ने काम भइरहेको छ । प्रकृयामै रहेको जिल्ला समन्वय समिति, हेटौंडा उपमहानगरपालिका र वोर्डको संयुक्त लगानीमा हेटौंडा उपमहानगरपालिका— १४ मा बनेलधापमा ३ लाख क्षमताको टयाङ्कीको लागी बोलपत्र आह्वान भएको छ । हेटौडा खानेपानी व्यवस्थापन बोर्डलाई हेटौडा उपमहानगरपालिका—१४ को मयुरधापको खानेपानी जिम्मा लगाएपछि खानेपानी सहज भएको साथै खानेपानी सहज भएको स्थानीयवासीह?ले बताएका छन् । उक्त क्षेत्रका खानेपानी उपभोक्ता समितीले हेटौडा खानेपानी व्यवस्थापन बोर्डलाई खानेपानी हस्तान्तरण गरेको थियो । नगरका उपभोक्ताह?लाई खानेपानी शुद्ध खुवाउनका लागि खानेपानी व्यवस्थापन बोर्डले आफनै कार्यालय भित्र खानेपानी परीक्षण गर्न ल्याव राखेको छ । १५÷१५ दिनमा सवै क्षेत्रमा वितरण गर्ने पानी संकलन गरेर ल्याएर ल्यावमा परीक्षण गर्ने गरेको बोर्डले जनाएको छ । परीक्षणको नतिजा खानेपानी बोर्डको सुचनापाटीमा सर्वसाधारणलाई जानकारी होस भनेर राख्ने गरेको छ । खानेपानी व्यवस्थापन वोर्डले आफनै कार्यालय भित्र स्तनपान कक्ष राखेको छ ।

महशुल वुझाउन आउने महिला उपभोक्ता वा कार्यालयमा रहेका आमाह?ले स्तनपान गराउन सहज होस भनेर कार्यालय स्तनपान कक्ष राखेको बोर्डले जनाएको छ । यसैगरी बोर्डले ई—डिजिटल सुचना पाटी पनि बोर्डको मुल ढोकामा राखेको छ । ई डिजिटल सुचना पाटीमा बोर्डको आय व्यय लगायत सुचनाह? राख्ने गरेको छ । बोर्डले सवै भन्दा सस्तो पानी खुवाउने गरेको दावी गरेको छ । १० हजार लिटर पानीको न्युनत्तम शुल्क ८५ ?पैया पानीको महशुल लिने गरेको छ । मुलुकका अन्य शहरको भन्दा सवै भन्दा सस्तो पानी हेटौडा खानेपानी व्यवस्थापन बोर्डले खुवाउने गरेको दावी सुचना अधिकारी न्यौपानेले गरेका थिए । हेटौडामा खानेपानी समष्या नभएको पनि जानकारी दिएका थिए ।