बिहिबार मास्क नलाई हिड्ने १ सय ६० जनालाई जरिवाना
गुगलपाटी संवाददाताहेटौंडाः नेपालमा कोभिड १९ को संक्रमित संख्या दिनहुँ बढिरहेका बेला मकवानपुरका टा«फिक प्रहरी कार्यालयले मास्क नलगाई हिडडुल गर्नेहरुमाथि आक्रमक रुपमा कारवाही अभियान चलाएको छ ।
बिहिबार हेटौंडामा मास्क नलगाई हिड्ने १ सय ६० जनालाई प्रहरीले जरिवाना लिएको छ । मास्क नलगाई सडकमा हिँडेकाहरुमाथि सय रुपैया जरिवाना लिने गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यलयले न्युनतम सामाजिक भौतिक दुरी कायम गर्ने, सार्वजनिक कार्यमा सामाजिक भौतिक दुरी कायम नगर्ने मास्क प्रयोग नगर्नेहरुमाथि उच्च निगरानी बढाएको छ ।