आजको तपाईको दिन
गुगलपाटी संवाददातामेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पुरानो समस्या सुल्झाउन सकिने छ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मन मिल्ने साथीको सहयोग मिल्ने छ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते०
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभकार्यको योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथीको आगमन हुनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । काम गर्ने जोश, जाँगर र उमंग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । शुभ कार्यको चर्चा चल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्ने छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहने छ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि_
आज कार्यमा बाधा आउने छ । सरकारी निकाएको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउने छ ।
ज्यो.प.नारायणप्रसाद दुलाल