२४ घन्टामा ४६४ जनामा कोरोना संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज
गुगलपाटी संवाददातानेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।
यसैगरी पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किएका छन् ।
प्रवक्ता गौतमका अनुसार आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् ।२४ घन्टामा ७ हजार ९२६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।