आजको राशिफल
गुगलपाटी संवाददातामेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
माल सामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कार्यसिद्धि हुने अवसर मिल्ने छ । गरेको कार्यमा सफलता मिल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमापनि संकट र चिन्ता बढ्न सक्छ ।
तुला )रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायक यात्रा रहला । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । व्यापार–व्यसायबाट लाभ मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मित्र वा आफन्तको सहयोग मिल्ने छ । मिष्ठान्न भोजन प्राप्ति होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । काम गर्ने हौसला मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । कृषि कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोजगार वा नयाँ कार्यको अवसर मिल्ने छ । राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । साथीको सहयोग मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । अग्रजहरूको सल्लाह र अनुभव अनुसार कम गरे सफलता मिल्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल