हाँडिखोलाका वनकरियालाई स्थायी हुन समस्या

गुगलपाटी संवाददाता
२४ श्रावण २०७७ १३:११

कुमारी स्याङ्बो
हेटौंडाः मकवानपुर स्थित हाँडीखोलामा रहेको वनकरियाहरुको जनजीवन र्ददनाक रहेको छ । उनिहरुले खेति गरेको जग्गा आफनो भनि बस्न पाएको छ । बस्ने अवधि १ वर्ष रहेको छ, अवधि सकेसंगैं कुन ठाँउमा गएर बस्ने उनिहरुलाई समस्या उत्पन्न भएको छ ।
लोपोन्मुख वनकरिया समुदायको बस्तीमा गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने भएको छ । उक्त ठाँउमा ६ वर्ष अघि प्रधानमन्त्री डा. बाबुराम भट्टराई एक रात बास बसेका थिए ।
सोही ठाँउमा होमस्टे सञ्चालन गर्न तयारी गरेको मनहरी गाउँपालिका वडा अध्यक्ष एकराज उप्रेतीले बताए । होमस्टे सञ्चालनको लागि गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई बसेको घर ऐतिहासिक भएकाले होमस्टे सञ्चालन गर्न लागेको अध्यक्ष उप्रेतीको भनाई छ । ‘वनकरिया समुदाय उक्त थलो छाडेर अन्यत्र स्थानान्तरण हुन चाहेका छैनन्’ अध्यक्ष उप्रेतीले भने, ‘उनीहरू त्यहीं नै बस्न चाहेका छन् । तर निकुञ्जले उनीहरूका नाममा जग्गा दिन चाहेको छैन ।’ चितवनको कुसुमखोला घटनापछि त्यहाँका चेपाङको झैं नियति हुन सक्ने डर वनकरियामा छ । निकुञ्जभन्दा पहिला उनीहरू त्यहाँ बस्दै आएका हुन् । सरकारले उक्त समुदायलाई ०६६ सालदेखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । जन्मदर्ता गर्ने बित्तिकै वनकरिया जातिले मासिक प्रतिव्यक्ति ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् ।
मनहरी गाउँपालिका ७ वनकरिया समुदायको बस्ती पर्सा वन्यजन्तु निकुञ्जभित्र पर्छ । निकुञ्जले बस्तीबाट अन्यत्र जान कहिले सुचना टाँस्ने गर्छ, कहिले निकुञ्जका कर्मचारी आएर निर्देशन दिने गरेको वनकरिया समुदायहरुको भनाई छ ।
चितवनको चेपाङ बस्तीमा निकुञ्जमा आगो लगाउने र हात्ती लगाएर घर भत्कायो,’ स्थानीय पम्फा वनकरियाले भनिन्, बस्तीका सबैलाई यही पिर छ, हाम्रो पनि त्यसरी नै भत्काउ छ कि भन्ने डर छ ।’
पहिलाभन्दा अन्य कुरा धेरै राम्रो हुँदै गए पनि बस्ने ठाउँ पक्का नभएको पीर रहेको स्थानीय सन्तमाया वनकरियाले बताइन् । ‘निकुञ्जले बस्ती उठाउने भनेर तर्सार्ईरहन्छ,’ उनले भनिन् ‘यहीं ढुक्कसँग बस्न पाए हुन्थ्यो । मनमा सधैं यही कुरा खेलिरहन्छ ।’ पम्फा वनकरिया समुदायबाट एसएलसी पास गर्ने पहिलो महिला हुन् । उक्त समुदायका पुरुषले पनि हालसम्म एसईई गरेका छैनन् ।
२० वर्षअघिसम्म उक्त स्थानमा उनीहरू बस्दा जमिन निकुञ्ज भित्र थिएन । उक्त बस्तीमा २१ धुरी वनकरिया छन् । त्यतिबेलाका गाउँका अगुवाहरूले फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख वनकरियाको संरक्षण र मूलधारमा ल्याउने उद्देश्यले मुसेधापमा बसाएको वडाध्यक्ष धु्रव खड्काले बताए ।
स्थायी रूपमा बस्नका लागि समस्या चेपाङ समुदायको पनि उस्तै छ । फिरन्ते जीवन त्यागेर समाजको मुसेधापमा आए पनि न बसोबास गरेको घडेरी आफनो नाममा छ नत पसिना बगाएका खेतबारी, त्यसैले वनकरिया समुदाय जहिल्यै लखेटिने त्रासमा बाचिरहेको छ । पुस्तौंदेखि पसिना बगाएको खोरिया पनि उनीहरूको स्वामित्वमा छैन । ७० वर्षीय गोमा वनकरियाको आफ्नो नाममा एक धुर जमिन छैन । गोमा मुसेधापमा बस्नुभन्दा पहिला डाडागाँउ भन्ने ठाँएमा बस्थे । उनको जङ्गलको बिचमा स्याउलाले बारेको सानो झुपडी थियो । कुरिलो खनेर, खरेटो बेचेर, ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएको उनले बताए । पहिला उनले एकमुठि पिठो खोले बनाएर खाने गरेको थियो । उनको २ छोरा र ३ छोरी रहेका छन् । छोराछोरी सबैको बिहे भइसकेको हो । उनको छोराहरु कुल्ली काम गर्ने गिट्टी बालुवा चाल्ने काम गर्दछ । अहिले गोमाको ३÷४ मुरी धान आउँछ भने मकै १ मुरी जति आउने गरेको बताए । ३ महिना छाक टार्न समेत मुस्किल रहेको उनको भनाई छ ।
वनकरियाको अहिले भएको घरलाई नै आदिवासी जनजाति प्रतिष्ठानले मर्मत गरिदिएको छ । भूकम्पले घरमा क्षति पुगेपछि प्रतिष्ठानले मर्मत गरेर बसोबासका लागि सहजता प्रदान गरेको हो । प्रतिष्ठानले यसअघि वनकरियालाई सोलार जडान गरिदिएको थियो ।