हेटौंडा उपमहानगरपालिका र मनहरीको राजमार्ग क्षेत्रमा निषेधाज्ञा
गुगलपाटी संवाददाताजिल्ला सुरक्षा समिति मकवानपुरको वैठकले आजबाट साउन मसान्त सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गएराती १२ बजेबाट मकवानपुर प्रशासनले निसेधाज्ञा जारी गरेको हो ।
हेटौंडामा कोरोना संक्रमित एकै पटक वढ्न थालेपछी कमाण्ड पोष्टको बैठकको सिफारिसका आधारमा सुरक्षा समितिले हेटौंडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडा र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
आज बाट हेटौंडा उपमहानगरपालिकासहित महेन्द्र राजमार्गको आसपासका ५ सय मिटर क्षेत्रफलको मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा जारी गरेको छ । प्रशासनले सोमबार निषेधज्ञा सम्बन्धी अत्यन्त जरुरी सूचना निकाल्दै आज रातीबाट साउन ३२ गते राति १२ बजे सम्म निषेधज्ञा जारी रहने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
निषेधज्ञाको अवधिभर खाद्यबस्तु खरिद गर्न बाहेक कुनै ब्यक्ति घर बाहिर निस्कन नपाइने बताइएको छ । त्यस्तै एम्बुलेन्स, विरामी बोकेको गाडि, खा्रद्य वस्तु जस्तै दुध, तरकारी, खानेपानिका गाडि संचालन गर्न सकिने छ । त्यस्तै पेट्रोलियम पदार्थ बक्ने ट्याङ्कर, शव बाहन, फोहोर व्यवस्थापनको गाडि, दानको गाडि, संचारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडिहरु गुड्न सक्नेछन् ।
जिल्ला प्रशासन कार्यलयबाट पास लिएका साधनबाहेक कुनैनिजि तथा सार्वजनिक साधन बाइक समेत गुडाउन नपाइने सुचनमा जनाएको छ । खाद्यान्न पसल, पेट्रोलपम्प, ग्याँस डिपो, औषधि पसल खुल्ला रहनेछन् । खाद्यान्नको पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न सकिने छ ।
बन्दरहने क्षेत्रहरु यस्ताछन्
सम्पुर्ण निजि तथा सार्वजनिक यातायात बन्द रहने छन् । माथि उल्लेखित बाहेकका पसल, उद्योग साथै व्यबसाय संचालन पुर्णरुपमा बन्द रहने छ । सबै सरकारि तथा निजि कार्यलयहरु, गैर सरकारी, बैंक तथा वित्तिय संस्थाहरु एवम सहकारिबाट प्रदान हुने सबै सेवा पुर्णरुपमा बन्द रहने छन् ।
धार्मिक, सांकृतिक सामाजिक भेटघाट जस्तै विवाह ब्रतबन्ध गर्न पाइने छैन् । अन्य क्षेत्रबाट निषेधज्ञा जारि रहेको क्षेत्रका पस्न तथा आवतजावतमा रोक लगाइएको छ । त्यस्तै उद्योग कारखाना संचालन गर्न परे सुरक्षाको मापदण्ड पुरा गरि उद्योग परिसर भित्रै क्वारेन्टिन बनाइ संचालन गर्न सकिने बताइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले नेपालको मौजूदा कानूनको संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकारको १ बमोजिम निषेधज्ञा जारि गरेको हो ।
संक्रामक रोग ऐन, २०२० अनुसार नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कार्वाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था उल्लेख छ ।
यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु। १०० सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पु¥याउनेलाई ६ महीनासम्म कैद वा ६ सय सम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा रहेको छ ।