बागमती प्रदेशमा कोरोना संक्रमित २१६७ पुग्यो

गुगलपाटी संवाददाता
२९ श्रावण २०७७ ०४:१०

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको १० जिल्लामा थप १ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।

थप हुनेहरुमा काठमाण्डौका १ सय ९ जना,ललितपुरका २१ जना,चितवनका १५ जना,रसुवाका ८ जना,काभ्रेका ५ जना,मकवानपुरका ३ जना,नुवाकोट,धादिङ तथा दोलखाका २र२ जना र रामेछापका १ जना गरि १ सय ७० जना रहेका छन् ।

यो संगै प्रदेशमा संक्रमितको संख्या २ हजार १ सय ६७ पुगेको छ । यसैगरि प्रदेशमा हालसम्म कोरोना भाइरसको कारण १७ जना कोरोना संक्रमितको ज्यान गएको छ भने ६ सय २५ संक्रमित उपचार पछिनिको भएर घर फर्किएका छन् ।