बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणमित १७ जनाको मृत्यु

गुगलपाटी संवाददाता
२९ श्रावण २०७७ ०४:२४

 कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म १७ जनाले जनाले ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै २ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । प्रदेशमा बुधबार मात्रै १ सय ७० जना संक्रमित थपिएका थिए ।