मकवानपुरमा २३ महिनााको बालिकामा पनि कोरोना संक्रमण

गुगलपाटी संवाददाता
३० श्रावण २०७७ ०३:०१

मकवानपुरको हेटौंडामा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा विहीबार ५२ जनामा कोरोना पुष्टि भएको थियो । दुई चरणमा कोरोना पुष्टिको विवरण सार्वजानिक गर्दा पछिल्लो चरणमा २३ महिनाको एक बालिकामा पनि कोरोना पुष्टि भएको हो ।

विहीबार करिब साँझ तिर सार्वजानिक गरीएको विवरणमा मकवानपुरगढी गाउँपालिकाकी २३ महिनाकी बालिका रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले बताए । गढीका २ जना मध्ये एक जना बालिका रहेको हो । विवरणमा लेखाइएमा त्रुटि भएको भन्दै २३ वर्षको नभई २३ महिनाको हुनुपर्ने उनले बताए ।

उक्त बालिका मकवानपुुरगढी गाउँपालिका वडा नम्बर ३ मा यस अघि देखिएको कोरोना पोजिटिभ परिवारको नै रहेको चौलागाईले बताए । हिजो विहीबार मकवानपुरमा हेटौंडा नगरका, अन्य स्थानिय तहका, नेपाल प्रहरी र अन्य जिल्लाका गरी ५२ जनामा कोरोनापुष्टि भएको थियो ।