कोरोनाको कहर
गुगलपाटी संवाददाताविश्व आज पीडित छ, कोरोनाको कहर।
कुन देश, कुन महादेश, बाँकी छैन कुनै शहर।।
चीनमा छोयो पहिलो पटक, मान्छे खाना पल्कियो।
मान्छे मान्छे बीचको लापरवाहीले, विश्वमा नै सल्कियो।
महाशक्ति, राष्ट्रमा त, झनै आगो दन्कियो।
शस्त्र अशस्त्र, दमकल पानी, सबै एकै ठाँउमा थन्कियो ।।
सानो, ठुलो धनी–गरिब कोही यसले चिनेन।
त्यसलाई मुख्य शत्रु ठान्यो, जसले यसलाई मानेन।।
लापरवाहीले गर्दा आज विश्व भोग्दैछ कोरोनाको कहर।
यो संग लड्दै छ मान्छे आज राखी बाच्ने रहर ।।
१९ को डिसेम्बरमा सुरु भयो अन्त्य कहिले होला?
अझै कतिजनाले ज्यान गुमाउनुपर्ने होला मान्छेको चोला?
हामी सबैले पुकारौ अब हे पशुपतिनाथ भोला ।
सबैजनाको स्वास्थ्य जिम्मा लिने आयो बेला ।।
पशुपतिनाथ प्रकट भै भन्नुहुन्छ, जिम्मा मै लिन्छु एउटा शर्त मान्नु।
घरमै बसि रहे कोरोनाले छुदैन, तलका कुरा जान्नु।।
त्यसैले,
कोरोनाबाट बच्न एउटै मन्त्र ।
जो जहाँ छौ त्यही बसौ ननिस्की यत्रतत्र।।
रोगबाट लड्न एक शुत्र निति ।
जहाँ छौ त्यही रमाऔ, जब सम्म पुग्दैन यसको मिति।।
खान बिना भोकले कोही मर्नु पर्दैन भन्दैछ सरकार।
निमुखा, गरिब र असहायको, भरपर्दो आधार।।
जहाँ छौ त्यही बसौ, पछि होला भेट ।
बाडिचुडि खाऔ, नहोस है कसैको खाली पेट।।
यस्तो जोखिम हँदाहँुदै, किन गर्छौ घर जान हतार?
एकातिर धेरै दुख पायौ, अर्कोतिर संक्रमणको डरत्रास।।
बन्द छन् नाकाहरु बन्द छन् जहाज।
पुर्व देखि पश्चिम सम्म यही पुगोस आवाज ।।
अप्ठ्यारो रोज्ने कि जीवन रोज्ने ? तपाई हाम्रो हातमा।
भोकै मर्नु पर्दैन, तीन तहको सरकार छ हाम्रो साथमा ।।
यति कुरा बुझि बुझाई, सुधारै है मति।
सचेत बनौ सचेत बनाऔ थप हुनबाट क्षति।।
–निर्मल राज भारती
हेटौंडा ५