मकवानपुरका ४३ जना प्रहरीमा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
१९ भाद्र २०७७ ०९:२०

कुमारी स्याङ्बो
हेटौंडाः विश्व नै कोरोनाको त्रासमा परिहेका बेला प्रहरीहरु रोगको डर नभई ड्युटिमा खटिरहेका छन् । मकवानपुर जिल्लामा हालसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष ४१ जना र महिला २ जना रहेको छ ।
यस्तै मकवानपुर जिल्ला प्रहरी कार्यालयमा २१ जना कोरोना संक्रमित रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका उपरिक्षक इन्द्र बहादुर रानाले बताए । कोरोना संक्रमितहरु हेटौंडा बसपार्क चौकीका ६ जना, भुटनदेवी चौकीका १ जना, हटिया चौकीका ५ जना, सामुदायिक बसपार्कका १ जना, वडा प्रहरी कार्यालयका २ जना, बालसुधार गृहका २ जना, इलाका प्रहरी कार्यालय गढीका १ जना, पशुपतिनगरको १ जना, अख्तियार दुरुपयोग अनुसन्धानको १ जना, ट्राफिक प्रहरी २ जना, रहेका छन् ।
गत साउन २३ गते आएको रिपोर्टमा बसपार्क प्रहरी चौकीका इन्चार्जलाई कोरोना पुष्टि भए सर्गै साउन २३ गते उक्त चौकी सिल गरेको हो । उनी मकवानपुरको पहिलो प्रहरी कोरोना संक्रमित हुन् । प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि बसपार्कमा आवातजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । उनले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवातजावतमा समेत बन्द गरिएको बताए । यस्तै बसपार्क चौकी भित्र बस्ने ६ जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएका थिए । जसमा पिसिआर टेस्ट गर्दा ५ जना कै रिपोर्ट पोजिटिभ आएको रानाको भनाई छ । सवारी चापको अवस्था हेरेर काममा खटाइएको उनले बताए । क्वारेन्टाइनमा बसेका प्रहरीहरुको चाडो स्वाव संकलन गर्न सके अझ उचित हुने उनले बताए । स्वाव सकंलनका रिपोर्ट नआएसम्म चौकीबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन् ।
त्यस्तै २८ जना प्रहरीले कोरोना जित्न सफल भइसकेको प्रहरी उपरिक्षक रानाले बताए । हाल कोरोना संक्रमितहरु चौकीमै होम क्वारेन्टाइनमा बसि रहेका छन् ।

कोरोना संग लड्दै प्रहरीहरु
कोरोना नेगटिभ आए पनि ७ दिन सम्म लक्षण देखा पर्न सक्ने भएकाले संक्रमितहरुलाई चौकी भित्र नै क्वारेन्टाइनमा राख्ने गरेका छन् ।
कोराना भाइरसको संक्रमणबाट जोगिन सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निदेर्शन दिएको छ । लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउदै घरभित्र रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनिय देखिन्छ । सबैखाले सुरक्षाकर्मीहरु खटिएका छन् ।
कोरोना संक्रमितको अवस्था हेरेर सरकारले अहिले निषेधाज्ञा सुरु गरेको छ । सबैतिर बन्द छ । बन्दको समय र नियमित ड्युटि बाहेक प्रहरीहरु थप समय खटिएका छन् । खानपानको समेत राम्रो व्यवस्था नहुँदा उनीहरु सडकमा नै बसेर खाजा खाइरहेका भेटिन्छन् ।