धरानको कोभिड अस्पतालमा झापाकी ४५ वर्षीया महिलाको मृत्यु
गुगलपाटी संवाददातासुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले बताए । उनलाई मधुमेहको र दीर्घ रोग रहेको अस्पतालले जनाएको छ । निमोनिया, कमजोरी र कब्जियतको समस्याका साथै दुईदिनदेखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालमा ती महिला भर्ना भएकी थिइन् ।
त्यहाँ झन् गम्भीर भएपछि भदौ १८ गते प्रतिष्ठानमा रिफर भएर ल्याउनासाथ स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा कोरोना(१९ पोजिटिभ देखिएको थियो । सिकिस्त अवस्था भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । स्वास्थ्य प्रोटोकल अनुसार मृतक महिलाको शव व्यवस्थापन गर्ने काम भइरहेको प्रतिष्ठानले जनाएको छ ।
स्रोतः कान्तिपुर