वीरगन्जमा उपचाररत बाराका कोरोना संक्रमितको मृत्यु

गुगलपाटी संवाददाता
२३ भाद्र २०७७ ०४:५३

नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा ८ दिनदेखि उपचार गराइरहेका बाराका एक जना कोरोना संक्रमित पुरुषको सोमबार राति मृत्यु भएको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा।अतुलेश चौरसियाका अनुसार बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर निवासी ६० वर्षीय पुरुषको सोमबार राति १० बजेर पाँच मिनेटमा मृत्यु भएको हो । भदौ १४ मा कोरोना पोजिटिभ पुष्टि भएपछि ती ६० वर्षीय पुरुष कोरोना अस्पतालमा भर्ना भएका थिए ।
डा.चौरसियाका अनुसार पछिल्लो समय गम्भीर किसिमको कोरोना देखिएका ती पुरुषको हृदयघातले मृत्यु भएको हो । उनी मधुमेहका समेत बिरामी थिए ।