कोरोना निको भई आउनेहरुले गरे आइसोलेसनमा तरकारी सहयोग

गुगलपाटी संवाददाता
२७ भाद्र २०७७ १०:३५

कोरोना संक्रमण भएर हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ मा रहेको गौरिटार कोरोना आइसोलेसन वार्डमा रहि निको भएर फर्केका केहि ब्यक्तिहरुले आइसोलेसन वार्डमा रहेका सक्रिय संक्रमितको लागि तरकारीहरुसहयोग गरेका छन् ।

आज कोरोना आइसोलेसन वार्ड गौरीटार पुगेर उनीहरुले सहयेनग गरेका हुन । उनीहरुले साग, धनिया, काउली, बन्दा, बोडी, खुर्सानी, च्याउ, घिराउला लगाएतका तरकारी संक्रमितको लागि सहयोग गरेका हुन् । संक्रमितहरुलाई पोसिलो खानेकुराको अभाव नहोस र आफुहरुको सानो सहयोगले पनि संक्रमितलाई थप सहज होस भन्ने उदेश्यले सहयोग गरेको संक्रमण निको भइसकेका दिपक खड्काले बताईन् ।

 

सरकारले स्थापना गरेको आइसोलेसनमा आम नागरिकको तर्फबाट समेत सहयोग हुनुपर्ने भन्दै उनले पुर्व संक्रमितहरुकै तर्फबाट सहयोग गरेको बताईन् । सहयोग गर्नेहरुमा दिपक खड्का, राजकुमार गौतम , गौरब बिष्ट , खडगा पुर्वाछाने, रिता निरौला, सानु खड्का, शर्मिला श्रेष्ठ, सुशिला गौतम, गोकुल पौडेल, सान् तनाबासु, ज्ञान बहादुर गोले, रोहन अधिकारी, अनुप महर्जन, सेफ अलि लगायत रहेका छन् । आफुहरुको यो अभियानलाई सकेसम्म पछि पनि जारी राख्ने खड्काको भनाई रहेको छ । पहिला आइसोलेसनमा बस्दा सधै खाएका तरकारी मध्ये भिन्नै खालका तरकारी सहयोग गरेको संक्रमित खड्काले बताए ।
कोरोना संक्रमितहरु परिवारबाट छुट्टीएर आइसोलेसनमा बस्नुपर्दा धेरै समस्याहरु भोग्नु नपरोस भन्दै उनले सम्पूर्णमा सहयोगको पनि आग्रह गरेका छन् ।