मकवानपुरमा कोरोना संक्रमित ९६८ जना पुग्यो
गुगलपाटी संवाददातामकवानपुरमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको कूल संख्या ९६८ जना पुगेको छ ।
शनिवार जिल्लाको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीयमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ९६८ जना पुगेको बागमती प्रदेशको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
जिल्लामा दिनहुँजसो कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिवार बागमती प्रदेशमा ५४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा मकवानपुरका १३ जना रहेको मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
जिल्लामा हाल ३१ जना क्वारेन्टाइनमा, ४ जना होम क्वारेन्टाइनमा, १०९ जना आइसोलेशनमा बस्दै आएका छन् ।
त्यस्तै, जिल्लामा कोरोना संक्रमणको आशंकामा ७ हजार २४९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।