मकवानपुरमा ७ हजार २४९ जनाको पीसीआर जाँच

गुगलपाटी संवाददाता
२८ भाद्र २०७७ १०:०३

मकवानपुर जिल्लामा कोरोना  भाइरस संक्रमणको लक्षण देखिएका र कन्ट्रायक टे«सिङमा परेकाहरुको पीसीआर जाँचको कामलाई तिब्र पारिएको छ । हाल सम्म मकवानपुर जिल्लाका नागरिकको मात्र ७ हजार २ सय ४९ जनाको पीसीआर जाँच गरिएको छ । जाँच् गरिएका मध्यमा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । पीसीआर जाँच गरिएका मध्यमा ९ सय ६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् ।

घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् । दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।

यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् । मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।

पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।