मकवानपुरमा कोरोना संक्रमणका कारण एकको मृत्यु
गुगलपाटी संवाददाताकोरोना भाईरस (कोभिड १९ ) को संक्रमणको कारण हेटौँडा निवासी एकजनाको निधन भएको छ । निधन हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ का ६१ वर्षीय प्रल्हादकुमार पोखरेल रहेको छ ।
कोभिड संक्रमित भएपछि उनलाई उपचारको लागि भदौ १७ गते काठमाण्डौँ लगिएको थियो । काठमाण्डौको विभिन्न अस्पतालमा उपचार नभएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएका हुन् । उनको आज उपचारकै क्रममा नर्भिकमा निधन भएको मेलानका केन्द्रिय सदस्य उत्सव चौलागाईले बताए ।