कुलमानले नियुक्ति लिन प्रतिस्पर्धाबाट आउन्, दबाब र लबिङले हुँदैन
गुगलपाटी संवाददाताप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेरि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्नका लागि कुलमान घिसिङले अनावश्यक दबाब र लविङ गरेको आरोप लगाएका छन्। सत्तारुढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानले फेरि नियुक्ति पाउने विश्वास आफूले लिएको कुरा सामाजिक सञ्जालमा सेयर गरेपछि त्यसको जवाफमा थापाले यस्तो आरोप लगाएका हुन्। नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख रहेका श्रेष्ठ र उपप्रमुख थापाबीचको यो आरोपप्रत्यारोपले सोमबारदेखि सामाजिक सञ्जाल तताएको छ। थापाले कुलमानको पक्षमा आफ्ना आफ्ना मत अभिमत भए पनि खुला लबिङले प्राधिकरणमा फेरि आउने बाटै बन्द हुन सक्ने पनि उल्लेख गरेका छन्। कुलमान घिसिङको पक्ष-विपक्षका यतिबेला आ-आफ्ना मत(अभिमत होलान्। मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैनु, उनले भनेका छन्, एक अवधि पूरा गरेर हिजो बिदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको खुला लबिङले कतै कुम्लो बोकी ठिमीतिरु जस्तो पो भयो कि?
नारायणकाजी भन्छन् : कुलमानको पुनः नियुक्ति हुन्छ भन्नेमा विस्वस्त छु
उनले कुलमानलाई नेपाल आमाका सपुत भनिएकोमा पनि कटाक्ष गरेका छन्। नेपाल आमाका सपुतको पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैर सपुतको अर्कै हुने हो किरु प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छरु सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरीत व्यक्तिगत दबाब र लबिङरुु उनले प्रवक्ता श्रेष्ठले कुलमानको नाममा सरकारलाई अनावश्यक दबाब दिन खोजेको अर्को आरोप पनि लगाएका छन्। पार्टीको हाल जिम्मेवारी यही हो ररु सबै नेताहरूले आफूनिकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्याङ्कन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छरुु, उनले सोधेका छन्, सरकारको मूल्याङ्कन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएकोरु पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन। अनि यो तरिका किनरु के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला, बुझ्नै पो कठिन भयो,
प्रवक्तामाथि अर्को प्रश्न
नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका थापाले प्रचार विभाग प्रमुख श्रेष्ठले निजी हिसाबमा स्वयमसेवी दस्ता परिचालनको घोषणा गरेको भन्दै अर्को प्रश्न उठाएका छन्। ुप्रवक्ताको व्यक्तिगत सचिवालय अन्तर्गत ु।।।अहिले आए आँसुजस्तोु गरी निजी हिसाबमा स्वयम्सेवी दस्ता परिचालनको घोषणा अर्को उदेकलाग्दो जानकारीमा आयो। यो संगति र सरोकार नै नभएको कुरा भयो। चैत १० गतेदेखि लकडाउन गरेर सिंगो देश कोरोनासँग जुध्न सक्रिय छु, उनले अगाडि भने, ुजसको पार्टी जिम्मेवारी स्वयमसेवक परिचालन होइन र त्यस्तो कार्यविभाजन कहीँकतै छैन । यसमा एकाएक किन रुचि बढेको होला, जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएमसी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्।
प्राधिकरण कार्यकारी निर्देशक नियुक्ति मन्त्रिपरिषद्को एजेण्डामै परेनु
उनले पार्टी प्रवक्ताले यसरी व्यक्तिगत निर्णयबाट स्वयमसेवक परिचालन गर्न संस्थागत निर्णय, अख्तियारी र अनुमोदन पनि आवश्यक नभएको भन्दै प्रश्न गरेका छन्। बितेका ६ महिनासम्म केही गर्नु नपर्ने, सातौं महिना लाग्ने बेला यो के गर्न खोजिएको होलारुु, उनले भनेका छन्, आपतविपद (कोरोना संकट) भनेको अहिले धुन बजाउँदै आएको त होइन होलारु कि यी दुवै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएको हो,
स्रोतः थाहाखबर