बागमती प्रदेशमा कोरोना संक्रमित संख्या २१ हजार बढी
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २१ हजार नाघेको छ ।
आईतबार प्रदेशभर ८ सय ४६ मा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या २१ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो संगै बागमतीमा संक्रमितको संख्या २१ हजार ७० पुगेको छ । यसैगरि बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ९ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
बागमतीमा हालसम्म कोरोनाको कारण १ सय ४५ जनाको मृत्यु भएको छ । आजको दिनमा प्रदेशमा ९ हजार ९ सय ८४ संक्रमित उपचाररत रहेका छन् ।
नेपालमा हालसम्म संक्रमण पुष्टि हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ जसमा हालसम्म ४६ हजार २ सय ३३ संक्रमण मुक्त भएका छन् । देशभर कोरोनाको कारण ४ सय ११ जनाको मृत्यु भएको छ ।