विश्व शान्तिका लागि प्रतिबद्ध छौ – मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता
५ आश्विन २०७७ १२:५७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार विश्व शान्तिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
विश्व शान्ति दौडको अवसरमा शुभकामना ब्यक्त गर्दै उहाँले बागमती प्रदेशमा स्काउटको विकास तथा विस्तारका लागि प्रदेश सरकारले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । मुख्यमन्त्री पौडेलले नेपाल स्काउटको शान्तिका लागि संवाहक कार्यक्रम अन्र्तगत हेटौंडामा आज भएको प्रदेश स्तरीय शान्ति दौडको समापनको अवसरमा शान्तिको झण्डामा हस्ताक्षर गर्नुभयो ।


हेटाँैडा ओपन स्काउट क्रियुको आयोजनामा ‘शान्तिको अधिकार’ भन्ने नारा सहित विश्वमा शान्ति र सम्बृद्धिका लागि क्रियुका रोभर लिडर तथा शान्तिका लागि संवाहक कार्यक्रम मकवानपुर जिल्ला संयोजक अशोक सारु मगर शान्तिको झण्डा फहराउदै ७ किलोमिटर दौडेर रातोमाटेदेखि मुख्यमन्त्री निवाससम्म पुग्नु भएको थियो ।

अन्तर्राष्ट्रिय शान्ति दिवस सन १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन १९८२ देखि मनाउन सुरु गरिएको हो । सन २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको हो ।
नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।
दोस्रो विश्वयुद्धपश्चात् १९४५ मा जारी संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख उद्देश्य नै ‘युद्ध रोकी शान्ति स्थापना गर्नु’ भन्ने छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावनामा नै ‘अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको’ भनी शान्तिलाई जोड दिइएको छ ।नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।