मकवानपुरमा १२ सय ६० जनामा कोरोना संक्रमण

गुगलपाटी संवाददाता
६ आश्विन २०७७ ०६:२६

मकवानपुर जिल्लामा कुल ८ हजार ७ सय २९ जनाको पीसीआर जाँच गरिएको छ । जाँच गरिएका मध्यमा कोरोना भाइरस संक्रमितको सख्या एक हजार २ सय ६० जना पुगेको छ ।

हिजो मात्र मकवानपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्या १२ सय ६० जना पुगेको हो । संक्रमण दर पनि निकै बढेको छ । संक्रमित मध्यमा सबै भन्दा धेरै हेटौंडामा देखा परेका छन् ।

मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ ।

पछील्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या १२ सय ६० जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् ।

घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।